बागमती मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम स्वीकृत
मकवानपुर । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको पूर्ण बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गर्दै प्रदेशसभा बैठकमा पेस गर्ने निर्णय गरेको हो ।
सरकारको प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गा नारायण श्रेष्ठका अनुसार मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको नीति तथा कार्यक्रम सोमबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गरिने छ । प्रदेश प्रमुख यादव चन्द्र शर्माले उक्त नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने कार्यक्रम रहेको मन्त्री श्रेष्ठले बताए ।
उनका अनुसार प्रदेश सरकारले आगामी आर्थिक वर्षमा सरकारको आगामी आर्थिक वर्ष कृषि, पर्यटन, शिक्षा र रोजगारी प्राथमिकता दिइएको छ । कृषि पर्यटन तथा शिक्षा र रोजगारी क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर प्रदेश सरकारले विगत एक वर्षमा निर्माण गरेको नीतिलाई सन्तुलन कायम गर्ने गरी कार्यक्रमहरू तय रेको उनले बताए ।
प्रदेश सरकारको नीति अनुसार नयाँ ढंगका कार्यक्रमहरू तयारी गरी लगानीको मोडल तय गर्ने र लगानी बोर्ड निर्माण गरेर अघि बढ्ने रणनीति रहेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण