डलर साट्ने भन्दै सादा कागज दिएर लाखौँ ठगी
सिन्धुली । डलर साट्ने प्रलोभन देखाई नगद १८ लाख रुपैयाँ ठगी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । बाह्रबिसे नगरपालिका-३ बस्ने २४ वर्षीय श्याम तामाङ समेत ३ जनालाई ठगी गरेको रकमसहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
गोलन्जोर गाउँपालिका-७ लौकुनमा इलामका ४४ वर्षीय पुरुषलाई अपरिचित व्यक्तिहरूले डलर साट्ने प्रलोभन देखाई पीडितको १८ लाख रुपैयाँ ठगी गरेको सूचनाको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको जानकारी दिएको छ । डलर भनेर २० रुपैयाँका नोटहरू तथा सादा कागजका टुक्राहरू दिई फरार भएको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय खुर्कोट र अस्थायी प्रहरी पोस्ट हैवारबेसीबाट खटिएको प्रहरीले उनीहरूलाई ठगी गरेको रकमसहित पक्राउ गर्न सफल भएको थियो ।
उनीहरूको साथबाट १८ लाख रुपैयाँ, नेपाली रुपैयाँ २० दरको ६९ थान, अमेरिकी डलर १ दरको २ सय ३७ थान र उनीहरूले प्रयोग गरेको २ वटा मोटरसाइकलसहित बरामद गरेको छ । हाल फरार रहेका अन्य १ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण