डलर साट्ने भन्दै सादा कागज दिएर लाखौँ ठगी

सिन्धुली । डलर साट्ने प्रलोभन देखाई नगद १८ लाख रुपैयाँ ठगी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । बाह्रबिसे नगरपालिका-३ बस्ने २४ वर्षीय श्याम तामाङ समेत ३ जनालाई ठगी गरेको रकमसहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
गोलन्जोर गाउँपालिका-७ लौकुनमा इलामका ४४ वर्षीय पुरुषलाई अपरिचित व्यक्तिहरूले डलर साट्ने प्रलोभन देखाई पीडितको १८ लाख रुपैयाँ ठगी गरेको सूचनाको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको जानकारी दिएको छ । डलर भनेर २० रुपैयाँका नोटहरू तथा सादा कागजका टुक्राहरू दिई फरार भएको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय खुर्कोट र अस्थायी प्रहरी पोस्ट हैवारबेसीबाट खटिएको प्रहरीले उनीहरूलाई ठगी गरेको रकमसहित पक्राउ गर्न सफल भएको थियो ।
उनीहरूको साथबाट १८ लाख रुपैयाँ, नेपाली रुपैयाँ २० दरको ६९ थान, अमेरिकी डलर १ दरको २ सय ३७ थान र उनीहरूले प्रयोग गरेको २ वटा मोटरसाइकलसहित बरामद गरेको छ । हाल फरार रहेका अन्य १ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीकै मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
नेवार समुदायले इनार, पोखरी र ढुंगेधारा सफा गरी मनाए सिथि नखः पर्व (तस्बिरहरू)
-
ओखलढुंगामा अख्तियारको ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन’ अभियान
-
आजदेखि वाइसीएलको सम्मेलन
-
आईसीसीको नयाँ नियमले बलर उत्साही, देख्न पाइनेछ ‘रिभर्स स्विङ’को कमाल
-
चार दिनदेखि बेलबारीका चार बालिका बेपत्ता