सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय

बागमतीमा भौतिक संरचना निर्माण गर्दा स्वदेशी काठको प्रयोग गरिने

सोमबार, १४ जेठ २०८१, १५ : ५३
सोमबार, १४ जेठ २०८१

हेटौंडा । बागमती प्रदेश सरकारले भौतिक संरचना निर्माण गर्दा अनिवार्य रूपमा स्वदेशी काठको प्रयोग गर्ने भएको छ । प्रदेश प्रमुख यादव चन्द्र शर्माले सोमबार प्रदेशसभा बैठकमा नीति  तथा कार्यक्रम प्रस्तुत गर्दै विदेशी काठको आयात निरुत्साहित गर्न स्वदेशी काठको गुणस्तर वृद्धि गर्न सार्वजनिक निजी साझेदारी कार्यक्रम सञ्चालन गर्ने बताए ।

उनका अनुसार मानव र वन्यजन्तुको द्वन्द्व न्यूनिकारणका लागि आवश्यक व्यवस्था गरिने बताए । बाँदर बँदेल लगायतका वन्यजन्तुबाट हुने धनजन तथा खाद्य बालीको क्षति न्यूनीकरणका लागि कार्यक्रम सञ्चालन गरिने छ भने वनको पत्करबाट प्राङ्गारिक मल बनाउने कार्यक्रम सञ्चालन गरिने उनको भनाई छ ।

डढेलो मुक्त प्रदेश निर्माणका लागि संयन्त्र निर्माण गरी औजार उपकरणसहित व्यवस्था गरिने छ । मौलिक पहिचानसहितको भवन निर्माण गर्न प्रोत्साहन गरिने छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप