बागमती सरकारले खेलकुद पूर्वाधारको विकास र खेलाडी प्रोत्साहनको नीति लिने
हेटौंडा । बागमती प्रदेश सरकारले खेलकुद पूर्वाधारको विकास र खेलाडी प्रोत्साहनको नीति लिने भएको छ । प्रदेश प्रमुख यादव चन्द्र शर्माले सोमबार प्रदेशसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै चितवनको भरतपुरमा निर्माणाधीन गौतमवुद्ध क्रिकेट रंगशाला सहलगानीमा सम्पन्न गर्नेछ भने गौरिटार रंगशाला निर्माणलाई सम्पन्न गरिने बताए ।
उनका अनुसार युवा उद्यमशीलता विकासका लागि सिप वर्ष घोषणा गरी कार्यान्वयन गरिने छ । कृषक सूचीकरण र वर्गीकरण गरी प्रोत्साहन गरिने छ । कृषि उपजको बजार केन्द्रहरूको पूर्वाधार निर्माण र व्यवस्थापनको व्यवस्था गरिने छ । मोबाइल एपबाट विपद् तथा रोगहरूको जानकारी उपलब्ध गराइने छ ।
प्रदेश सरकार, निजी क्षेत्र तथा दुध उत्पादक सहकारीको साझेदारीमा बागमती धुलो दुध कारखाना सञ्चालन गरिने छ । हेटौंडामा निर्माणाधीन थोक तरकारी बजार सञ्चालन गरिने छ । अभियानको रूपमा प्याज र लसुन खेती कार्यक्रम सञ्चालन गरिने छ । एक प्रदेश एक निर्वाचन क्षेत्र प्रांगारिक मल कारखाना स्थापना गर्न स्थानीय तहसँग समन्वय गरी अघि बढाइने प्रदेश प्रमुख शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण