बागमती सरकारले बन्द उद्योगहरू सञ्चालन गर्ने
सोमबार, १४ जेठ २०८१, १६ : ०४
हेटौंडा । बागमती प्रदेश सरकारले बन्द उद्योगहरू सञ्चालन गर्न व्यवस्था गर्ने भएको छ । प्रदेश प्रमुख यादव चन्द्र शर्माले सोमबार प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेशमा स्वदेशी तथा विदेशी लगानी प्रोत्साहन गर्न नीति निर्माण गरी कार्यान्वयन गरिने बताए ।
उनका अनुसार प्रदेशमा लगानी प्रोत्साहन गर्न लगानी बोर्डको स्थापना गरी सञ्चालन गरिने छ । लगानी दशकको रूपमा अभियान अघि बढाउने सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
एक स्थानीय तह एक उद्योग ग्राम कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने छ । प्रदेश स्तरमा खाद्य गुणस्तर प्रविधि प्रयोगशाला स्थापना गरिने छ । प्रदेशमा उपलब्ध फलफूल र अन्नबालीको प्रयोग गरी मदिरा उत्पादनका लागि सङ्घीय सरकारसँग समन्वय गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण