बागमती सरकारले बन्द उद्योगहरू सञ्चालन गर्ने
सोमबार, १४ जेठ २०८१, १६ : ०४

हेटौंडा । बागमती प्रदेश सरकारले बन्द उद्योगहरू सञ्चालन गर्न व्यवस्था गर्ने भएको छ । प्रदेश प्रमुख यादव चन्द्र शर्माले सोमबार प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेशमा स्वदेशी तथा विदेशी लगानी प्रोत्साहन गर्न नीति निर्माण गरी कार्यान्वयन गरिने बताए ।
उनका अनुसार प्रदेशमा लगानी प्रोत्साहन गर्न लगानी बोर्डको स्थापना गरी सञ्चालन गरिने छ । लगानी दशकको रूपमा अभियान अघि बढाउने सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
एक स्थानीय तह एक उद्योग ग्राम कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने छ । प्रदेश स्तरमा खाद्य गुणस्तर प्रविधि प्रयोगशाला स्थापना गरिने छ । प्रदेशमा उपलब्ध फलफूल र अन्नबालीको प्रयोग गरी मदिरा उत्पादनका लागि सङ्घीय सरकारसँग समन्वय गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीका ५० जिल्ला अधिवेशन सम्पन्न
-
कैलाली भन्सार कार्यालयद्वारा ७ अर्ब ८१ करोड राजस्व सङ्कलन
-
उपसभामुख राना दक्षिण अफ्रिका प्रस्थान
-
सिंहदरबारमा उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै
-
बाढी र पहिरोले ५ वटा सडक अवरुद्ध, ३ वटा एकतर्फी
-
राप्ती नगरपालिकामा पाँच स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा बन्द