तरुण दल लमजुङका अध्यक्ष गुरुङविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौँ । तरुण दल लमजुङका अध्यक्ष ललितकुमार गुरुङविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । जग्गा विक्री गर्ने भनी बैना रकम लिएर ठगी गरेको आरोपमा उनीविरुद्ध ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो ।
गुरुङविरुद्ध पक्राउ अनुमति आएको जिल्ला प्रहरी परिसर ललितपुरका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
काठमाडौँस्थित एउटा आइटी कम्पनीलाई आफ्नो जग्गा बिक्री गर्ने भनेर गुरुङले दुई करोड बैना लिएर जग्गा अर्कैलाई बिक्री गरेको आरोप छ । कार्यालय स्थापना गर्न भनेर जेनेस सलुशन नामको कम्पनीले पोखरा महानगरपालिका–१२ मा करिब १३ आना जग्गा खरिद गर्न गुरुङलाई दुई करोड बैना दिएको हो । तर, सो जग्गा गुरुङले अर्कै व्यक्तिलाई बिक्री गरेको मालपोत कार्यालय कास्कीको रेकर्डमा भेटिएको छ ।
बैना रकम फिर्ता माग्दा उनले ५० लाख नगद र एक करोड ६५ लाखको एकाउन्ट पेइ चेक दिएका थिए । चेक सटहीका नभएपछि पीडित पक्षले उनीविरुद्ध बैंकिङ्ग कसुर र ठगी मुद्दामा जाहेरी दर्ता गरेका हुन् ।
नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको जिल्ला अध्यक्ष रहेका गुरुङ यसअघि पनि आपराधिक काममा संलग्न आरोपमा पक्राउ पर्ने गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण