बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?
मङ्गलबार, १५ जेठ २०८१, १२ : ०३
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको जानकारी दिएको छ । महासङ्घले आजको मूल्य सूची तय गर्दै तोलामा ४०० रुपैयाँले बढेर कारोबार सुरु भएको जानकारी दिएको हो ।
यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार ६०० रुपैयाँ छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार ९५० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार २०० रुपैयाँ कायम थियो ।
यसैगरी, आज चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेको छ । महासङ्घले आज चाँदीको मूल्य तोलामा १९ सय २० रुपैयाँ कायम भएको जनाएको हो । हिजो तोलामा १८ सय ८० रुपैयाँ कायम थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण