प्रतिनिधिसभा बैठकपछि कांग्रेसले पत्रकार सम्मेलन गर्ने
मङ्गलबार, १५ जेठ २०८१, १३ : १५
काठमाडौँ । सहकारी ठगीमाथि छानबिन गर्न संसदीय समिति गठनको सहमति मंगलबार बस्ने संसद् बैठकले पारित गरेपछि नेपाली कांग्रेसले पत्रकार सम्मेलन गर्ने भएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आज बस्ने प्रतिनिधिसभा बैठकपछि संसद् भवनको लोत्सेहलमा पत्रकार सम्मेलन गर्न लागेको जानकारी दिएका हुन् ।
आजको संसद् बैठकले सहकारी ठगीमा संलग्नमाथि छानबिन गर्न संसदीय समिति गठनका लागि सत्ता र प्रतिपक्षबिच भएको सहमति पारित गर्ने जनाइएको छ । पत्रकार सम्मेलनमा प्रमुख सचेतक लेखकले सहकारी ठगीमा संसदीय छानबिन समिति माग गर्नुका कारण र भएको सहमतिबारे प्रस्ट पार्ने बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण