प्रतिनिधिसभा बैठकपछि कांग्रेसले पत्रकार सम्मेलन गर्ने
मङ्गलबार, १५ जेठ २०८१, १३ : १५
_HNqkWWQK6l.jpg)
काठमाडौँ । सहकारी ठगीमाथि छानबिन गर्न संसदीय समिति गठनको सहमति मंगलबार बस्ने संसद् बैठकले पारित गरेपछि नेपाली कांग्रेसले पत्रकार सम्मेलन गर्ने भएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आज बस्ने प्रतिनिधिसभा बैठकपछि संसद् भवनको लोत्सेहलमा पत्रकार सम्मेलन गर्न लागेको जानकारी दिएका हुन् ।
आजको संसद् बैठकले सहकारी ठगीमा संलग्नमाथि छानबिन गर्न संसदीय समिति गठनका लागि सत्ता र प्रतिपक्षबिच भएको सहमति पारित गर्ने जनाइएको छ । पत्रकार सम्मेलनमा प्रमुख सचेतक लेखकले सहकारी ठगीमा संसदीय छानबिन समिति माग गर्नुका कारण र भएको सहमतिबारे प्रस्ट पार्ने बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशको बजेट: फेरि पनि कर्मकाण्डमै सीमित
-
इरान–इजरायल द्वन्द्वमा अमेरिका सामेल हुनसक्छ : ट्रम्प
-
अहमदावाद विमान दुर्घटना : दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो
-
झाडापखाला, ज्वरो र सर्पदंशले भरिए अस्पतालका आकस्मिक कक्ष
-
कोशी प्रदेशः बजेट वक्तव्यमा दुई थरी दाबी, कुन पत्याउने ?
-
बागमती प्रदेशका कुन मन्त्रालयले कति बजेट पाए ?