गणतन्त्रको संस्थागत विकास आवश्यक छ : शर्मा
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले गणतन्त्रको संस्थागत विकास गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । लामो सघंर्षबाट प्राप्त गणतन्त्रको संस्थागत विकास गर्नु सबैको दायित्व भएको उनले बताए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडामा गणतन्त्र दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शर्माले गणतन्त्र प्राप्ति पछि संविधानमा व्यवस्था भएका अधिकारहरू नागरिक तहसम्म पुग्न सकेको बताए । गणतन्त्रलाई संस्थागत गर्दै संघीय शासन प्रणालीको उच्चतम सदुपयोग गरी समाजवाद तर्फको अग्रसर हुनुपर्ने उनले बताए ।
‘जनताका प्रतिनिधामार्फत निर्मित हाम्रो संविधानमा व्यवस्था गरिएको मौलिक हक, संघीय शासन प्रणाली, धर्मनिरपेक्षता, समावेशी–समानुपातिक प्रणाली, सामाजिक न्यायजस्ता प्रावधानले समाजवादको दिशामा अगाडी बढ्न मार्ग प्रशस्त गरेको छ,’ उनले भने ।
कार्यक्रममा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संविधान अनुरूप सबै प्रकारका विभेद तथा उत्पीडनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति गर्व गर्ने अवस्था निर्माण गर्न अझ सुदृढ राष्ट्रिय एकताको खाँचो रहेको बताए ।
कानुनी प्रशासनिक पूर्वाधारको उपयोग गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी नागरिकको जीवनमा गुणस्तरीय परिवर्तन ल्याउनु अहिलेको आवश्यकता रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण