फिल्म ‘जन्ते बाख्रो’ निर्माण हुने
मङ्गलबार, १५ जेठ २०८१, २२ : १०
काठमाडौँ । फिल्म ‘जन्ते बाख्रो’ निर्माण हुने भएको छ । सिमोस सुनुवारको निर्देशनमा फिल्म बन्न लागेको हो ।
फिल्मको मुख्य भूमिकामा अभिनेता सौगात मल्ल देखिनेछन् । सौगातसँग निर्माण युनिटले मंगलबार फिल्म अभिनय विषयमा सम्झौता गरेको छ ।
मुईन इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको फिल्मको निर्माताका रूपमा सन्तोष गौतम र निर्देशक सिमोस स्वयम् रहेका छन् । फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् ।
गाउँले परिवेसलाई लिएर लाइट कमेडीमा फिल्म ‘जन्ते बाख्रो’ निर्माण गर्न लागेको निर्देशक सुनुवारले बताए । फिल्ममा त्रिकोणात्मक प्रेमकथालाई रोचक तरिकाबाट समेटिने उनले खुलाए ।
फिल्मका लागि अन्य कलाकारहरू छनौटको चरणमा छन् । फिल्मको छायांकन भदौदेखि सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीय संसद्का चार समितिको बैठक सोमबार बस्दै
-
विदेश त्यागेर गाउँमै ड्रागनखेती : चुलाचुलीका प्रविणले कमाउँछन् वार्षिक १२ लाख
-
बीमा दाबी भुक्तानीमा समस्या भए उजुरी दिन प्राधिकरणको आह्वान
-
इरानद्वारा होर्मुज जलमार्ग बन्द भएको घोषणा, अमेरिका भन्छ, ‘खुला छ’
-
बैंककको बारमा आगलागी : २७ जनाको मृत्यु, ६० भन्दा बढी घाइते
-
लुम्बिनीमा धान रोपाइँ ५९.९४ प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण