कान्तिपुरका गार्ड मृत भेटिए
बुधबार, १६ जेठ २०८१, १४ : ३३
विराटनगर । कान्तिपुर पब्लिकेशनको कोशी प्रदेश कार्यालयमा कार्यरत सुरक्षा गार्ड मृत भेटिएका छन् । मोरङ बूढीगंगा गाउँपालिका–४ नेमुवास्थित कान्तिपुरको प्रादेशिक कार्यालयको सुरक्षा गार्ड कोठामा मृत फेला परेका हुन् ।
मृत्यु हुनेमा सुन्दरहरैँचा नगरपालिका–९ घर भएका अन्दाजी ५० वर्षीय बलबहादुर बस्नेत रहेको प्रहरीले जनाएको छ । उनी झुन्डिएको अवस्थामा मृत भेटिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । कोठा भित्रबाट चुक्कुल लगाइएको अवस्थामा कोठाको सिलिङ पङ्खामा झुन्डिएको अवस्थामा शव भेटिएको प्रहरीले बताएको छ ।
बस्नेतलाई पालो दिन आएका साथीले ढोका नखुलेपछि पर्खाल नाघेर हेर्दा झुन्डिएको देखेर प्रहरीलाई खबर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
-
चितवनमा फैसला कार्यान्वयन प्रभावकारी हुँदै
-
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
चार विषयमा १० जना विदेशी विद्यार्थी भर्ना गर्दै कृषि विश्वविद्यालय
-
खेलौना समातेर चर्चित बनेको अनाथ बाँदर पन्चले मनायो पहिलो जन्मदिन
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण