पाकिस्तानमा बस भिरबाट खस्दा २८ जनाको मृत्यु

बलोचिस्तान । पाकिस्तानको दुर्गम प्रान्त बलुचिस्तानमा बुधवार बस दुघर्टना हुँदा २८ जनाको मृत्यु भएको छ । तीव्र गतिमा गुडिरहेको यात्रुवाहक बस भिरबाट खसेको थियो ।
यस दुर्घटनामा महिला र बालबालिकासहित कम्तीमा २८ जनाको मृत्यु भएको छ । अरू २२ जना घाइते भएका छन् । घाइतेहरूको बसिमा निजामती अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
बस क्वेटा जाँदै थियो । बस बलुचिस्तान प्रान्तको राजधानी क्वेटाबाट करिब ७०० किलोमिटर टाढा रहेको वासुक सहर नजिकै भिरमा खसेको हो ।
तीव्र गतिका कारण सो दुघर्टना भएको बताइएको छ । अर्को एक मिडिया रिपोर्टमा भने बसको टायर फुटेका कारण दुर्घटना भएको भनिएको छ ।
यसअघि पनि भएको थियो दुर्घटना
मे १८ मा पन्जाबको खुसाव जिल्लामा ट्रक भिरबाट खस्दा एकै परिवारका कम्तीमा १३ जनाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए । मे ३ मा गिलगिट बाल्टिस्तानमा यात्रुवाहक बस खाल्डोमा खस्दा २० जनाको मृत्यु भएको थियो भने २१ जना घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा