१६ जिल्लाका सीडीओ फेरिए

काठमाडौँ । गृह मन्त्रालयले १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा तथा पदस्थापन गरेको छ ।
सहसचिव रामचन्द्र तिवारीलाई सुनसरीको प्रजिअमा पदस्थापन गरिएको छ । मकवानपुरमा तिर्थराज चिलुवाल, अरुण पोखरेललाई नवलपरासी पूर्व र विष्णुप्रसाद कोइरालालाई पाँचथरको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ ।
पश्चिम नवलपरासीमा स्कीम श्रेष्ठलाई पठाइएको छ । धादिङमा राजेन्द्रदेव पाण्डे, काभ्रेमा सूर्य प्रसाद सेढाईं, बर्दियामा रुद्रादेवी शर्मा, इलाममा कल्पना श्रेष्ठ, चितवनमा ईन्द्रदेव यादव र सिन्धुपाल्चोकमा भुपेन्द्र थापालाई सरुवा गरिएको छ ।
भोजपुरमा नरबहादुर थापा, कञ्चनपुरमा नारायण प्रसाद सापकोटा र सर्लाहीमा गोपाल कुमार अधिकारीलाई पठाइएको छ । भरतमणि पाण्डेलाई कास्की र मेख बहादुर मग्रातीलाई सप्तरीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बुधबार प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गर्ने निर्णय गरेका हुन् । गृह मन्त्रालय अन्तर्गत प्रजिअहरुसहित २५ जना सहसचिवहरूको सरुवा तथा पदस्थापन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उदयपुरको अमलचौरीमा दुई जनाको शव फेला
-
खुटिया नदीमा डुबेर एक बालकको मृत्यु
-
क्लब विश्वकप : डर्टमन्ड बराबरीमा रोकियो, रिभर प्लेटको सहज जित
-
कटहरियाको नगरसभाबाट ५४ करोड बजेट पारित
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
नवप्रवर्तनको घोषणा नारामै सीमित : उद्योग मन्त्रालयको बजेट मन्त्रीको क्षेत्रमा खन्याइयो