हत्या आरोपमा दुई जना पक्राउ
झापा । बिर्तामोड नगरपालिका–४ कालिका नगरका ६८ बर्षीया विष्णुमाया विष्टको हत्या आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । विष्टको हत्या भएको २० दिनपछि घटनामा संलग्न भएको आरोपमा आज प्रहरीले बिर्तामोडका गङ्गा राजबंशी र महेश राजबंशीलाई पक्राउ गरेको हो । त्यसबारे विस्तृत जानकारी दिन आजै दिउँसो जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।
बैशाख २६ गते झापाको बिर्तामोड नगरपालिका–४ स्थित कालिका नगरमा मध्यरातमा आफ्नै घरभित्रै विष्णुमाया विष्टको हत्या भएको थियो । हत्याराको खोजीका लागि प्रहरीका चार वटा टोली लगातार खटिएका थिए । कुनै सुराक फेला पार्न नसकेका कारण केही ढिला आरोपी पक्राउ परेको प्रहरी स्रोतको दाबी छ । घटना भएपछि सिआइबीको टोली, प्रदेश टोली, जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय बिर्तामोडको गरी चार वटा टोलीले संयुक्त अनुसन्धान गरिरहेका थिए ।
बैशाख २६ गते घरमा एक्लै भएको अवस्थामा विष्ट मृत अवस्थामा भेटिएकी थिइन् । उनको खन्तीले हानेर हत्या गरिएको थियो । प्रहरीले घटनाको अनुसन्धानका लागि धरानबाट प्रहरी कुकुरसमेत मगाएको थियो । कुकुरले घरको पश्चिम दक्षिणतर्फ केही सङ्केत मात्र दिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण