अश्लील भिडियो बनाएर पैसा असुल्ने र शोषण गर्ने युवक पक्राउ
काठमाडौँ । महिलाहरूसँग शारीरिक सम्बन्ध राखेको भिडियो र फोटो खिचेर सार्वजनिक गर्ने धम्की दिँदै पैसा असुल्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा म्याग्दीको म्याग्दी नगरपालिका–५ बस्ने ३० वर्षीय सन्तोष किसान रहेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार काठमाडौँको नयाँ बसपार्क बस्दै आएका किसानले सामाजिक सञ्जालमार्फत महिलाहरूसँग सम्पर्क गर्दै सम्बन्ध स्थापित गर्थे । त्यसपछि भेटघाट गरी विभिन्न प्रलोभन देखाई शारीरिक सम्बन्ध राख्थे ।
किसानले गोप्यरुपमा शारीरिक सम्बन्ध राखेको भिडियो र फोटो खिच्ने गरेको अनुसन्धानका क्रममा पाइएको उपरीक्षक रेग्मीको भनाई छ । त्यसपछि उक्त फोटो र भिडियो पीडित महिलाको आफन्तहरूलाई पठाइदिन्छु भन्दै धम्की दिएर पैसा माग्थे । उनले महिलालाई पुनः शारीरिक सम्बन्ध स्थापित गर्न बाध्य समेत पार्ने गरेका थिए ।
उपरीक्षक रेग्मीका अनुसार आपराधिक लाभ लिने कार्यमा संलग्न रहेको उजुरीको आधारमा किसानलाई गत जेठ १४ गते काठमाडौँको कोटेश्वरबाट पक्राउ गरिएको थियो । उनलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण