बार्सामा फ्लीक, बायर्नमा कोम्पानी
काठमाडौँ । स्पेनिस क्लब बार्सिलोनाले हान्सी फ्लीकलाई नयाँ म्यानेजर नियुक्त गरेको छ । बायर्न म्युनिख र जर्मनीका पूर्वम्यानेजरलाई २ वर्षको करार दिइएको छ ।
सन् २०२३ को सेप्टेम्बरमा जर्मनीको राष्ट्रिय टोलीबाट बर्खास्त भएका फ्लीकले गत हप्ता बर्खास्तीमा परेका ज्याभीको स्थान सम्हाल्नेछन् ।
बायर्नलाई सन् २०२० मा ट्रेबल जिताएपछि उनले जर्मनीको राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेका थिए । तर, राष्ट्रिय टोलीसँग उनको अनुभव सुखद रहेन । उनी राष्ट्रिय टोलीबाट बर्खास्तीमा पर्ने पहिलो म्यानेजरसमेत बने ।
उता, बायर्न म्युनिखले भिन्सेन्ट कोम्पानीलाई नयाँ म्यानेजर नियुक्त गरेको छ । ३८ वर्षीय म्यानचेस्टर सिटीका पूर्वखेलाडीसँग क्लबले ३ वर्षको करार गरेको छ ।
बेल्जियन पूर्वखेलाडी प्रिमियर लिग क्लब बर्नली छाडेर बायर्न पुगेका हुन् । कोम्पानीको नेतृत्वमा बर्नली सन् २०२२–२३ सिजनमा च्याम्पियन्स सिप जित्दै प्रिमियर लिगमा उक्लिएको थियो । तर, गत सिजन टोली १९ औँ स्थानमा रहँदै रेलिगेसनमा पर्यो ।
कोम्पानीले अब बायर्नमा थोमस टुकलको स्थान लिनेछन् । उनका लागि जर्मन क्लबले १.०२ करोड पाउन्ड क्षतिपूर्तिका रूपमा तिरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण