बार्सामा फ्लीक, बायर्नमा कोम्पानी

काठमाडौँ । स्पेनिस क्लब बार्सिलोनाले हान्सी फ्लीकलाई नयाँ म्यानेजर नियुक्त गरेको छ । बायर्न म्युनिख र जर्मनीका पूर्वम्यानेजरलाई २ वर्षको करार दिइएको छ ।
सन् २०२३ को सेप्टेम्बरमा जर्मनीको राष्ट्रिय टोलीबाट बर्खास्त भएका फ्लीकले गत हप्ता बर्खास्तीमा परेका ज्याभीको स्थान सम्हाल्नेछन् ।
बायर्नलाई सन् २०२० मा ट्रेबल जिताएपछि उनले जर्मनीको राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेका थिए । तर, राष्ट्रिय टोलीसँग उनको अनुभव सुखद रहेन । उनी राष्ट्रिय टोलीबाट बर्खास्तीमा पर्ने पहिलो म्यानेजरसमेत बने ।
उता, बायर्न म्युनिखले भिन्सेन्ट कोम्पानीलाई नयाँ म्यानेजर नियुक्त गरेको छ । ३८ वर्षीय म्यानचेस्टर सिटीका पूर्वखेलाडीसँग क्लबले ३ वर्षको करार गरेको छ ।
बेल्जियन पूर्वखेलाडी प्रिमियर लिग क्लब बर्नली छाडेर बायर्न पुगेका हुन् । कोम्पानीको नेतृत्वमा बर्नली सन् २०२२–२३ सिजनमा च्याम्पियन्स सिप जित्दै प्रिमियर लिगमा उक्लिएको थियो । तर, गत सिजन टोली १९ औँ स्थानमा रहँदै रेलिगेसनमा पर्यो ।
कोम्पानीले अब बायर्नमा थोमस टुकलको स्थान लिनेछन् । उनका लागि जर्मन क्लबले १.०२ करोड पाउन्ड क्षतिपूर्तिका रूपमा तिरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार्सिलोनालाई हराउँदै इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा
-
रातभर सुतेनन् मोदी, पूरै ध्यान पाकिस्तान लक्षित ‘अपरेशन सिन्दूर’मा
-
६ वर्षदेखि चिकित्सकको पर्खाइमा सर्पदंश उपचार केन्द्र
-
पाकिस्तानमा भारतीय आक्रमणबारे राष्ट्रपति ट्रम्पको प्रतिक्रिया: यो दुःखद हो
-
भारतले पाकिस्तानमाथि आक्रमण गर्नुको कारण के हो ?
-
आज कुन देशको मुद्राको विनिमयदर कति ? (सूचीसहित)