पौडी खेल्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका बालकको शव फेला
बिहीबार, १७ जेठ २०८१, १७ : १७
काठमाडौँ । कालिकोटको तिला नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका बालकको शव सशस्त्र प्रहरीको गोताखोरले बिहीबार बिहान फेला पारेको छ ।
कालिकोट जिल्लाको तिलागुफा नगरपालिका–७ घर भई सोही नगरपालिका–६ गाल्जे भन्ने स्थान बस्ने अन्दाजी १६ वर्षीय हिक्मत बम नदीमा पौडी खेल्ने क्रममा यही जेठ १५ गते डुबेर बेपत्ता भएका थिए ।
बेपत्ता बालकको शव खोजी कार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत र आश्रित गुल्म कालिकोटबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले उनको शव घटनास्थल नजिकै फेला पारेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण