‘आउट लः २१९’को फस्लटुकमा एङ्ग्री सुशिल
काठमाडौँ । स्याडो पिक्चर्स र रेट्रो फिल्मस्को प्रस्तुतिमा तयार भएको फिल्म ‘आउट लः दभा २१९’को फस्टलुक सार्वजनिक भएको छ । सार्वजनिक फस्टलुकमा फिल्मका मुख्य नायक सुशिल श्रेष्ठ एक्सन एङ्ग्री अवतारमा छन् । सार्वजनिक पोस्टरमा नायक श्रेष्ठ मेसिनगन बोकेर उभिएका छन् ।
अमित अग्रहरिको निर्माणमा तयार भएको फिल्मको फस्टलुकसँगै प्रदर्शन मिति पनि सार्वजनिक गरिएको हो । फिल्म आगामी असोजको ३ गतेदेखि विश्वव्यापी रूपमा प्रदर्शनमा आउनेछ ।
फिल्ममा विक्की महर्जनको लेखन तथा निर्देशन छ । सुशिलका अलवा नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डार, हेम गुरुङ, सोनी लागुन लगायतको अभिनय छ । विनोद कडायत र सशांक खड्का कार्यकारी निर्माता रहेको फिल्ममा विकास चौधरी सह–निर्माताको रूपमा छन् ।
नविन गुरुङको डीओपी रहेको यो फिल्ममा साहिल खानको सम्पादन छ । चुल्ठे काजीको एक्सन रहेको फिल्ममा इश्वर घिमिरे प्रोडक्शन म्यानेजरको रूपमा छन् । सुशिलका लागि यो फिल्म बलियो कमब्याको रूपमा रहने चर्चा फिल्मीवृत्तमा छ । यो फिल्मलाई देशभर डीसीएनले वितरण गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीय संसद्का चार समितिको बैठक सोमबार बस्दै
-
विदेश त्यागेर गाउँमै ड्रागनखेती : चुलाचुलीका प्रविणले कमाउँछन् वार्षिक १२ लाख
-
बीमा दाबी भुक्तानीमा समस्या भए उजुरी दिन प्राधिकरणको आह्वान
-
इरानद्वारा होर्मुज जलमार्ग बन्द भएको घोषणा, अमेरिका भन्छ, ‘खुला छ’
-
बैंककको बारमा आगलागी : २७ जनाको मृत्यु, ६० भन्दा बढी घाइते
-
लुम्बिनीमा धान रोपाइँ ५९.९४ प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण