मन्त्रिपरिषद् बैठकले गर्यो यस्ता निर्णयहरू
काठमाडौँ । मन्त्रीपरिषद्को बैठकले नेपाल न्याय सेवातर्फको राजपत्राङ्कित विशेष श्रेणीको पदमा खेमराज ज्ञवाली, यामबहादुर बुढामगर र भद्रकाली पोखरेललाई बढुवा नियुक्त गरी क्रमशः नायवमहान्यायाधिवक्ता, न्यायपरिषद सचिव र सर्वोच्च अदालतको रजिस्टार पदमा पदास्थापना गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
यस्तै राष्ट्रपति रामचन्द्र पौडेललाई नेपालको प्रतिनिधित्व गर्दै जेठ ३१ गते स्विट्जरल्याण्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १२ औँ अधिवेशनमा भाग लिन र त्यसपछि जर्मनीको भ्रमण गर्ने कार्यक्रम स्वीकृत गरेको छ । यस्तै वन दोस्रो संशोधन नियमावली २०२१ स्वीकृत गरेको छ ।
यस्तै तिलगंगा आँखा अस्पताल सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेस गर्न स्वीकृत गर्ने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिइन् ।
मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू
१. नेपाल न्याय सेवातर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा खेमराज ज्ञवाली, यमबहादुर बुढा मगर र भद्रकाली पोखरेललाई बढुवा नियुक्त गरी क्रमशः नायवमहान्यायाधिवक्ता, न्याय परिषद्को सचिव र सर्वोच्च अदालतको रजिष्ट्रार पदमा पदस्थापन गर्ने ।
२. राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मिति २०८१ जेठ ३१ गते स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ अधिवेशनमा भाग लिन र सोपश्चात सङ्घीय गणतन्त्र जर्मनीको भ्रमण कार्यक्रम स्वीकृत गर्ने ।
३. वन (दोस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने ।
४. तिलगङ्गा आँखा विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद्समक्ष पेस गर्न स्वीकृत दिने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण