चट्याङ लागेर मजदुर महिलाको मृत्यु
सिराहा । लहानमा चट्याङ लागेर एक मजदुर महिलाको मृत्यु भएको छ। लहान नगपालिका १८ सोभनपुरका करिव ४० वर्षीय हसिरन खातुनको खुट्टिखोलामा गिट्टी–बालुवा चाल्न गएको बेला चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो।
खोलामा गिट्टी–बालुवा चालेर जीविकोपार्जन गर्दै आएका उनका श्रीमान् मोहम्मद समरुदसँगै बिहीबार पनि खोलामै काम गरिरहेका बेला चट्याङ्ग लागेर उनको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष मोहम्मद शमशेरले जानकारी दिए।
उनका अनुसार छोरीसहित खोलामा गिट्टी–बालुवा चालिरहेकै बेला पानी परेपछि श्रीमान् र छोरी चाल्नो पुर्याउन अलि पर पुगेका बेला चट्याङ परेर ढलेकी उनको तत्काल मृत्यु भएको थियो । वडा अध्यक्षकाअनुसार शरीरमा ठुलो चोट नदेखिए पनि लगाएको सुरुवालको तल्लो भाग जलेको देखिएको छ।
खातुनका श्रीमान्, दुई छोरा र दुई छोरी रहेका छन्। उनीहरुको खोलामै गिट्टी–बालुवा चालेर जीविका चल्दै आएको थियो।
खोलामै काम गरिरहेका अन्य भने सुरक्षित रहेको अध्यक्ष शमशेरले जानकारी दिए। खातुनको शव पोस्टमार्टमका लागि रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल लहानमा राखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण