चट्याङ लागेर मजदुर महिलाको मृत्यु

सिराहा । लहानमा चट्याङ लागेर एक मजदुर महिलाको मृत्यु भएको छ। लहान नगपालिका १८ सोभनपुरका करिव ४० वर्षीय हसिरन खातुनको खुट्टिखोलामा गिट्टी–बालुवा चाल्न गएको बेला चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो।
खोलामा गिट्टी–बालुवा चालेर जीविकोपार्जन गर्दै आएका उनका श्रीमान् मोहम्मद समरुदसँगै बिहीबार पनि खोलामै काम गरिरहेका बेला चट्याङ्ग लागेर उनको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष मोहम्मद शमशेरले जानकारी दिए।
उनका अनुसार छोरीसहित खोलामा गिट्टी–बालुवा चालिरहेकै बेला पानी परेपछि श्रीमान् र छोरी चाल्नो पुर्याउन अलि पर पुगेका बेला चट्याङ परेर ढलेकी उनको तत्काल मृत्यु भएको थियो । वडा अध्यक्षकाअनुसार शरीरमा ठुलो चोट नदेखिए पनि लगाएको सुरुवालको तल्लो भाग जलेको देखिएको छ।
खातुनका श्रीमान्, दुई छोरा र दुई छोरी रहेका छन्। उनीहरुको खोलामै गिट्टी–बालुवा चालेर जीविका चल्दै आएको थियो।
खोलामै काम गरिरहेका अन्य भने सुरक्षित रहेको अध्यक्ष शमशेरले जानकारी दिए। खातुनको शव पोस्टमार्टमका लागि रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल लहानमा राखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातभर सुतेनन् मोदी, पूरै ध्यान पाकिस्तान लक्षित ‘अपरेशन सिन्दूर’मा
-
६ वर्षदेखि चिकित्सकको पर्खाइमा सर्पदंश उपचार केन्द्र
-
पाकिस्तानमा भारतीय आक्रमणबारे राष्ट्रपति ट्रम्पको प्रतिक्रिया: यो दुःखद हो
-
भारतले पाकिस्तानमाथि आक्रमण गर्नुको कारण के हो ?
-
आज कुन देशको मुद्राको विनिमयदर कति ? (सूचीसहित)
-
पाकिस्तानले भन्यो- भारतीय आक्रमणबाट तीन स्थानहरू प्रभावित