कलङ्की क्षेत्रमा गुण्डागर्दी गरेको आरोपमा दुई जना पक्राउ
शुक्रबार, १८ जेठ २०८१, १५ : २७
काठमाडौँ । काठमाडौँको कलङ्की क्षेत्रमा गुण्डागर्दी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१४ स्थित कलङ्की घर भएका २६ वर्षीय सुजन कार्की र ३० वर्षीय अभिषेक सिंह छन् ।
उनीहरूले समूह बनाएर कलङ्की क्षेत्रमा व्यापारी र स्थानीयलाई धाकधम्की दिएर त्रसित बनाएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । व्यापार, व्यवसाय गर्नेहरूलाई आरोपीहरूले हातपात र लछार पछार समेत गरेको उजुरी परेपछि प्रहरीले उनीहरूमाथि निगरानी बढाएको थियो ।
अभिषेक सिंह बैङ्किङ कसुर मुद्दामा समेत फरार रहेको थाहा भएको छ । उनीहरू विरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर अनुसन्धान भइरहेको एसपी अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण