सरकारको बजेटमा बिचौलिया प्रकोप छ : सांसद काफ्ले
हेटौंडा । बागमती प्रदेशका सांसद कुन्दनराज काफ्लेले प्रदेश सरकारको बजेटमा बिचौलिया प्रकोपमा परेको बताएका छन् । सरकारको बजेट प्रणाली ठिक नहुँदा नागरिकहरूले समस्या भोग्नु परेको उनले बताए ।
प्रदेशसभाको शुक्रबार बसेको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद काफ्लेले सरकार बिचौलियाको चंगुलमा परेर जनप्रतिनिधिलाई नै बाइपास गरेर बजेट कार्यक्रम समावेश गर्ने गरेको बताए । आवश्यकता र औचित्य विहीन क्षेत्रमा सरकारले बजेट हाल्ने गरेको उनको भनाई छ ।
‘हाम्रो बजेट बिचौलियाहरूको ठुलो प्रकोपमा परेको छ । बिचौलियाका कारण आवश्यकता र औचित्य नभएका क्षेत्रमा बजेट हालिएको छ । पहिरोले रुखसम्मलाई असर नपर्ने ठाउँमा तटबन्धन गरिएको छ । तर, पहिरोले गाउँ बगाउँदासम्म सरकार मौन छ । बिचौलियाले टिपाएका योजना बजेटमा समावेश हुन्छ । तर, सांसद र जनप्रतिनिधिले टिपाएका योजना हुँदैन,’ उनले भने ।
उनले आवश्यकताको अध्ययन नै नगरी महत्त्वाकाङ्क्षी भएर विश्वविद्यालय खोल्ने तयारी गरिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण