बागमती सरकारको नीति तथा कार्यक्रम बहुमतले स्वीकृत
हेटौंडा । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले स्वीकृत भएको छ । शुक्रबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो ।
मुख्यमन्त्री जम्कट्टेलले संसदमा पारित गरियोस् भन्ने प्रस्तावलाई प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले निर्णयार्थ पेस गरेका थिए । सभामुख पाठकले निर्णायार्थ पेस गरेको उक्त प्रस्ताव प्रदेश सभाका बहुमत सांसदहरूले स्वीकृत गरेका हुन् ।
गत जेठ १४ गते संसदमा प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको थिए । उक्त नीति तथा कार्यक्रममाथि जेठ १६ गतेदेखि छलफल प्रारम्भ भएको थियो । बैठकमा सत्ता र प्रतिपक्षका ७० जना सांसदले धारणा राखेका थिए । सांसदले उठाएका प्रश्नहरूका विषयमा मुख्यमन्त्री जम्कट्टेलले जवाफ दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण