काठमाडौँबाट घुससहित दुई जना सव–इन्जिनियर पक्राउ
शुक्रबार, १८ जेठ २०८१, २० : १०
काठमाडौँ । काठमाडौँबाट घुससहित दुई जना सव–इन्जिनियर पक्राउ परेका छन् । पर्यटन विकास आयोजना इकाई कार्यालयका सव–इन्जिनियरद्वय राजन कुमार भट्टराई र संजय अर्याल शुक्रबार पक्राउ परेका हुन् ।
निर्माण कार्य सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्ने प्रयोजनका लागि उनीहरुले सेवाग्राहीसँग घुस मागेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको थियो ।
सोही आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले निज दुबै जनालाई १७ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनीहरुकै कार्यकक्षबाट नियन्त्रणमा लिइएको अख्तियारले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
उनीहरुमाथि अनुसन्धान भइरहेको अख्तियारको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
-
नयाँ प्रणालीबाट ८ हजारभन्दा बढी राहदानी छापियो, प्राविधिक समस्या समाधान भइरहेको दाबी
-
असममा मनसुनी बाढीको कहर : ५० जनाको मृत्यु, ७ लाखभन्दा बढी विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण