विधिको शासन सञ्चालनका लागि तीन अङ्गलबच समन्वय जरुरी छ : सभामुख घिमिरे
मोरङ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबिच सहकार्य हुनुपर्नेमा जोड दिएका छन् । उच्च अदालत विराटनगर बार एसोसिएसनले आज साँझ यहाँ आयोजना गरेको प्रचलित कानुनी व्यवस्थाहरुको प्रयोगमा देखिएको समस्या तथा समाधानको सम्बन्धमा अन्तरक्रियामा उनले मुलुकको विधिको शासनलाई प्रभावकारी रुपमा तीन अङ्गबिच समन्वय हुनु आवश्यक भएको धारणा राखे ।
सभामुख घिमिरेले संसद्को मुख्य कार्य कानुन बनाउने भएको तर विगत १६ महिनामा कानुन बनाउनेभन्दा अन्य कार्य भइरहेको बताए । उनले सरकारका काम कारबाहीको अनुगमन, नियन्त्रण र निर्देशन गर्ने जनप्रतिनिधिहरुको महत्वपूर्ण भूमिका भए पनि गर्न ठोस रुपमा हुन नसकेको विचार राखे ।
उनले नेपालको संविधान २०७२ कार्यान्वयनका लागि विभिन्न कानुन निर्माण हुन आवश्यक रहेको रहेको आवश्यकता औँल्याए । सभामुख घिमिरेले प्राथमिकताका साथ गर्नुपर्ने काममा संसद अगाडि बढेको जानकारी दिँदै निजामती सेवा विधेयकलाई संसदीय समितिमा छलफलमा पठाइएको बताए ।
उनले कानुन कार्यानवयनमा देखिएका अप्ठ्याहरुको सम्बन्धमा तयार गरिएको प्रतिवेदन कानुनमन्त्रीमार्फत सम्बोधन गर्ने विश्वास दिलाए । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारीले समाजलाई रुपान्तरणको दिशातर्फ लैजाने गरी काम गर्न नव कानुन व्यवसायीहरुहरुलाई सुझाव दिए ।
उच्च बारका अध्यक्ष विश्वराज भट्टराई, वरिष्ठ अधिवक्ताहरु सुरेन्द्रराज श्रेष्ठ, भरतबहादुर थापा, चूडामणि आचार्य, नेपाल वारका केन्द्रीय सदस्य सीता पौडेल, उच्च बारकी सहसचिव रुक्मीणा दाहाल, नेपाल बारका पूर्वउपाध्यक्ष सीताराम राई देवीप्रसाद घिमिरे, मोरङ बारका पूर्वअध्यक्ष डिल्ली कार्कीले सङ्घले प्रदेश सरकारलाई बलियो बनाउन शान्तिसुरक्षा, विद्युत् वितरणलगायत कानुन निर्माण अधिकार दिनुपर्ने सुझाव दिए ।
सोही अवसरमा सभामुख घिमिरेलाई नागरिकलाई देवानी, फौजदारी, अपराधसंहितालगायत कानुन कार्यान्वयनमा परिरहेको समस्या समाधानका लागि कानुन संशोधन विषयमा तयार पारिएको प्रतिवेदन वरिष्ठ अधिवक्ता रमेश कोइरालाले हस्तान्तरण गरे । सभामुख घिमिरेले अधिवक्ताको ३१ औँ परीक्षामा उत्तीर्ण कानुन व्यवसायीहरुलाई प्रमाणपत्र वितरण गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण