दाल र गेडागुडी आयातमा अग्रिम आयकर लगाइएको प्रति असन्तुष्टि
काठमाडौँ । नेपाल चामल, तेल र दाल उद्योग सङ्घले नेपालीको भान्सामा दैनिक प्रयोग हुने अत्यावश्यक खाद्यान्नको प्रशोधन गरी बिक्रीवितरण गर्ने दाल उद्योगको कच्चापदार्थ (दाल, गेडागुडी) आयातमा अग्रिम आयकर लगाउनु दुःखद् भएको बताएको छ ।
सङ्घका अध्यक्ष कुमुद दुगडले विज्ञप्ति जारी गरी आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा कच्चापदार्थ आयतमा १० प्रतिशत अग्रिम आयकर थपिँदा दाल र गेडागुडी महँगो हुने र उपभोक्ता मारमा पर्ने बताए ।
“कच्चा पदार्थ आयातमा १० प्रतिशत अग्रिम आयकर थपिँदा आयातीत तयारी दाल, गेडागुडी र खुला सिमानाबाट आयात हुने गेडागुडीसँग प्रतिस्पर्धा गर्न नसकी उद्योग बन्द हुने स्थिति आउनसक्छ”, सङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ । हाल मिलको कच्चा दाल र गेडागुडी आयतमा १० प्रतिशत भन्सार महसुल लागिरहेको अवस्थामा अग्रिम करले गेडागुडी झन महँगो हुने सङ्घले जनाएको छ ।
नेपालमा हाल ३५ दाल उद्योगमा झण्डै रु ३५ अर्ब लगानी रहेको र पाँच हजार व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिइ मुलुकको राजस्वमा उल्लेख्य योगदान दिँदै आएको अध्यक्ष दुगडले बताए । सङ्घले स्वदेशी दाल उद्योगले १० प्रतिशत अग्रिम आयकर थेग्न नसक्ने भएकाले कच्चा दालमा लागेको अग्रिम आयकर खारेज गर्न सरकारसँग अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण