पपुवा न्युगिनीविरुद्ध वेस्ट इन्डिजले बलिङ गर्ने
काठमाडौँ । आईसीसी टी–२० विश्वकपको दोस्रो खेलमा वेस्ट इन्डिज र पपुवा न्युगिनी भिड्दैछन् । यसअघि आइतबार नै डालासमा खेलिएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक अमेरिकाले क्यानडालाई सात विकेटले हराएको थियो ।
खेल ८ बजेर १५ मिनेट जाँदा प्रोभिडेन्स स्टेडियममा सुरु हुनेछ । खेलमा वेस्ट इन्डिजले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।
आईसीसीको पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा वेस्ट इन्डिज चौथो स्थानमा आसीन छ । पीएनजी भने वरीयताको २०औँ स्थानमा छ ।
नवौँ विश्वकपमा वेस्ट इन्डिज र पीएनजी समूह ‘सी’ मा रहेका छन् । त्यो समूहमा न्युजिल्यान्ड, अफगानिस्तान र युगान्डा पनि छन् । वेस्ट इन्डिजले सन् २००७ मा सम्पन्न टी–२० विश्वकपको पहिलो संस्करणदेखि नै निरन्तर रूपमा सहभागिता जनाउँदै आएको छ ।
पीएनजीको भने टी–२० विश्वकपमा यो दोस्रो सहभागिता हो । पीएनजीले यसअघि सन् २०२१ मा पहिलो पटक टी–२० विश्वकप खेलेको थियो । त्यतिबेला पीएनजी प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण