नेप्सेमा ३.९७ अंकको गिरावट, ४ अर्बको कारोबार
काठमाडौँ । आइतबार साढे १३ अंकले बढ्दै २ हजार ८३ अंकमा उक्लिएको नेप्से सूचक दोस्रो दिन झन्डै ४ अंकको गिरावट भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ३.९७ अंकले घट्दै २ हजार ७९.०७ अंकमा झरेको हो ।
उसो त नेप्से सूचक घटेसँगै आज कारोबार समेत घटेको छ । नेप्सेका अनुसार आज ४ अर्ब ४० लाख ७० हजार रुपैयाँ बराबरको ८८ लाख २० हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ । अघिल्लो दिन १३ अंकमाथिले नेप्से बढेको बजारमा ४ अर्ब ३१ करोड १० लाख रुपैयाँ माथिको कारोबार भएको थियो ।
२४७ कम्पनीको सेयर कारोबार भएकोमा आज ११० कम्पनीको सेयर मूल्य बढेको छ भने १२९ कम्पनीको मूल्य घटेको छ । ८ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
आज माइक्रो फाइनान्स समूहको उपसूचक बाहेक १२ वटा उपसूचक ऋणात्मक भएका छन् । सबैभन्दा बढी म्यानु एन्ड प्रो समूहको उपसूचक १.०५ प्रतिशतले घटेको छ भने माइक्रो फाइनान्स समूहको उपसूचक २.४३ प्रतिशतले बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण