चुनावमा अप्रत्याशित नतिजापछि भारतीय शेयर बजारमा त्रास
नयाँ दिल्ली । आज भारतमा लोक सभा निर्वाचनको नतिजा आउँदैछ । यतिबेला धमाधम मतगणना भइरहेको । प्रारम्भिक मत गणनामा भारतीय जनता पार्टी (बीजेपी)को सिट घट्ने देखिएपछि शेयर बजारमा त्रास छाएको छ । बीजेपी नेतृत्वको एनडीए गठबन्धनले ४०० भन्दा धेरै सिट जित्ने एक्जिट पोलले देखाएको थियो । तर प्रारम्भिक नतिजाअनुसार एनडीएको अग्रता ३०० सिटभन्दा तल छ ।
यसैबिच शेयर बजारमा हाहाकार देखिएको छ । मंगलबार एकै दिनमा भारतको प्रमुख शेयर परिसूचक सेन्सेक्स ६ हजार अङ्क भन्दा धेरैले घटेको छ । मध्याह्न १२ः२० मा सेन्सेक्स ६ हजार ९० अङ्कले घटेर ७० हजार ३७४ अङ्कमा आएको थियो ।
बिहानी कारोबारमै सेन्सेक्स १ हजार ७०० अङ्क घटेर खुलेको थियो । चुनावी मत परिणाम अगाडि आउँदै गर्दा बजार ओरालो लाग्ने क्रम तीव्र बनेको छ । मंगलबार एकै दिन सेन्सेक्स ७ दशमलव ९७ प्रतिशतसम्म घटेको थियो ।
उता, एनएसई निफ्टी पनि १ हजार ९०० अङ्कभन्दा धेरैले घटेको छ । मंगलबार निफ्ती २१ हजार ३१६ अंकसम्म आएको थियो ।
एकै दिनको कारोबारमा भारतीय लगानीकर्ताहरुले ३०० खर्ब भारु गुमाएका छन् । उक्त दिनको कारोबारमा रिलायन्स देखि टाटासम्म सबै कम्पनीको शेयर मूल्य घटेका छन् । अदानी समूहको शेयर मूल्यमा २३ प्रतिशतसम्मको कमी देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण