प्रदेश सीटीइभीटीको कार्यकारी निर्देशकको लागि आवेदन माग, परेन आवेदन
हेटौंडा । बागमती प्रदेश सरकारले गठन गर्ने सीटीइभीटीका लागि कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया अघि बढाइएको छ । कार्यकारी निर्देशक नियुक्तिका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले आवेदन माग गरेको हो ।
जेठ १७ गते सूचना जारी गर्दै कार्यकारी निर्देशकका लागि ७ दिनभित्र आवेदन पेस गर्न भनिएको थियो । मन्त्रालयले प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद्को ऐन २०७५ र नियमावली २०८० बमोजिम स्थापना हुने प्रदेश प्रमुख कार्यकारी निर्देशकको नियुक्ति गर्नका लागि सूचना प्रकाशित भएको ७ दिन जेठ २३ गतेभित्र कार्यालय समयमा कागजातसहित निवेदन पेस गर्न सूचना जारी गरिएको थियो ।
तर उक्त सूचना जारी भएको ६ दिनसम्म पनि कुनै निवेदन परेको छैन । मन्त्रालयका महाशाखा प्रमुख खुविराम अधिकारीका अनुसार हालसम्म कुनै पनि व्यक्तिले आवेदन पेस नगरेको र बुधबारसम्मको समयसीमा रहेकाले प्राप्त हुन सक्नेछ । आवेदन प्राप्त नभएको खण्डमा मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको सिफारिस समितिको निर्णय अनुसार अघि बढाइने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको सङ्घारमा अमेरिका र इरानबिच खेलकुदमा पनि तनाव : टोलीका मुख्य प्रशासनिक अधिकारीहरूलाई भिसा दिन अस्वीकार
-
रास्वपा गुल्मी सभापतिमा हरि श्रेष्ठ निर्वाचित
-
खाडी मुलुकहरूको पुनर्निर्माणमा इरानी सम्पत्ति प्रयोग गर्न दिने अमेरिकी योजना
-
नेपालगञ्ज र धनगढीको तापक्रम ४० डिग्री पुग्ने, काठमाडौँसहित यी सहरमा वर्षा
-
अमेरिकी सेनाले स्ट्रेट अफ होर्मुजमा २ इरानी ड्रोन खसाल्यो
-
चोटका कारण कोहली अफगानिस्तानविरुद्धको एकदिवसीय शृङ्खलाबाट बाहिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण