१५ दिनभित्र आफ्नै फार्मेसी सञ्चालन गर्न महानगरभित्रका अस्पताललाई निर्देशन
काठमाडौँ । गुणस्तरीय औषधिको सेवाबाट वञ्चित भएको भन्दै काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रमा सञ्चालित सबै अस्पताललाई १५ दिनभित्र आफ्नै फार्मेसी (औषधि पसल) सञ्चालन गर्न निर्देशन दिएको छ ।
महानगरपालिकाको स्वास्थ्य विभागले एक सूचना जारी गर्दै महानगर क्षेत्रभित्र सञ्चालित सबै अस्पतालहरूलाई अनिवार्य रूपमा आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको हो ।
हाल काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालित अधिकांश अस्पतालहरूको आफ्नो स्वामित्वमा फार्मेसी सञ्चालन नभएको र अन्य व्यक्तिहरूलाई फार्मेसी सञ्चालन गर्न अनुमति दिँदा उपभोक्ताहरू गुणस्तरीय फार्मेसी सेवाबाट वञ्चित हुनुपरेको महानगरको भनाइ छ ।
यस्तै, चर्को मूल्यमा औषधि तथा औषधिजन्य सामग्रीहरू बिक्री भइरहेको भन्ने गुनासो समेत प्राप्त गरेको आधारमा सबै अस्पताललाई आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन दिइएको महानगरले जनाएको छ ।
साथै महानगरले २०७४ सालमा सर्वोच्च अदालतले अस्पतालहरूलाई आफ्नो स्वामित्वमा अनिवार्यरुपमा फार्मेसी सेवा सञ्चालन गर्न फैसला गरेअनुसार सो नियम पालना गर्न भनिएको सो सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण