सर्लाहीका ९१ निजी वनमा २६ प्रजातिका बोटबिरुवा
बिहीबार, २४ जेठ २०८१, १० : ५९

सर्लाही । सर्लाहीमा ३६ वर्षको अवधिमा दर्ता भएका ९१ वटा निजी वनमा २६ प्रजातिका बोटबिरुवा हुर्किरहेका पाइएको छ । जिल्ला डिभिजन वन कार्यालयका अनुसार सिसौ, मसला, खयर, टिक, सिमल, कटहर, कपोक, डालेघाँस, आँप, तिल्के, सिरिष, टिकुल, जामुन, पिठारी, बकाइनो, सतिसाल, असना, कर्मा, पौलोनियाँ, कपुर, खमारी र अर्जुनालगायतका २६ प्रजातिका बोटबिरुवा हुर्काएको हो ।
पुस ११ गतेदेखि हालसम्म जिल्लामा ९१ वटा निजी वन दर्ता भएका उक्त कार्यालय सर्लाहीका सूचना अधिकारी राकेश रन्जनले जानकारी दिए । जिल्लामा दर्ता भएका निजी वनको नियमित व्यवस्थापन नभएको अनुगमनका क्रममा आफूहरूले पाएको जानकारी दिँदै उनले विस्तृत नाप जाँचपछि बोटबिरुवाको लगत अद्यावधिक गर्न सम्बन्धित व्यक्तिलाई निर्देशन दिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राइड सेयरिङलाई मान्यता दिने गण्डकी सरकारको निर्णयविरुद्ध यातायात व्यवसायी
-
प्रतिफल आउने ठाउँमा मात्रै हवाई पूर्वाधार बनाऔँ : सांसद शेर्पा
-
आईपीओ विवाद : धितोपत्र बोर्डले प्रक्रिया पूरा नगरेका कम्पनीको नाम छुट्टै सार्वजनिक गर्ने
-
हुलाकी राजमार्गलाई प्राथमिकतामा राख्न सांसद चौधरीको माग
-
राष्ट्रिय युवा सङ्घ नेपालकाे विशेष परिपत्र : अधिवेशन नभएका जिल्ला स्वतः आयोजक कमिटीमा रूपान्तरण
-
एउटा क्षेत्रलाई फोकस गरेर बजेट विनियोजन गरौँ : सिके राउत