सर्लाहीका ९१ निजी वनमा २६ प्रजातिका बोटबिरुवा
बिहीबार, २४ जेठ २०८१, १० : ५९
सर्लाही । सर्लाहीमा ३६ वर्षको अवधिमा दर्ता भएका ९१ वटा निजी वनमा २६ प्रजातिका बोटबिरुवा हुर्किरहेका पाइएको छ । जिल्ला डिभिजन वन कार्यालयका अनुसार सिसौ, मसला, खयर, टिक, सिमल, कटहर, कपोक, डालेघाँस, आँप, तिल्के, सिरिष, टिकुल, जामुन, पिठारी, बकाइनो, सतिसाल, असना, कर्मा, पौलोनियाँ, कपुर, खमारी र अर्जुनालगायतका २६ प्रजातिका बोटबिरुवा हुर्काएको हो ।
पुस ११ गतेदेखि हालसम्म जिल्लामा ९१ वटा निजी वन दर्ता भएका उक्त कार्यालय सर्लाहीका सूचना अधिकारी राकेश रन्जनले जानकारी दिए । जिल्लामा दर्ता भएका निजी वनको नियमित व्यवस्थापन नभएको अनुगमनका क्रममा आफूहरूले पाएको जानकारी दिँदै उनले विस्तृत नाप जाँचपछि बोटबिरुवाको लगत अद्यावधिक गर्न सम्बन्धित व्यक्तिलाई निर्देशन दिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण