सवारी दुर्घटनामा एक महिलाको मृत्यु
मकवानपुर । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिकामा सवारी हुँदा एक जना महिलाको मृत्यु भएको छ ।
शुक्रबार बिहान मनहरी–९, रजैयामा एलपीजी ग्यास बोकेको ग्याँस बुलेटको ठक्करबाट एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
चितवनबाट हेटौँडातर्फ आउँदै गरेको एएस–२५ डीसी ०२१२ नम्बरको बुलेटले विपरीत दिशातर्फबाट जाँदै गरेको ग ७ प २३०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार कास्कीको पोखरा महानगरपालिका–११ की ३३ वर्षिय निर्मला अधिकारी रहेकी छिन् । दुर्घटनामा मोटरसाइकलको पछाडी सवार अधिकारी गम्भीर घाइते भएकी थिइन् । उनको उपचारको क्रममा हेटौँडा–११ स्थित चितवन मेडिकल कलेज चुरेहिल अस्पतालमा मृत्यु भएको प्रवक्ता भण्डारीले बताए ।
ग्यास बुलेटको ठक्करबाट मोटरसाइकल चालक ३१ वर्षीय सुवास गुरुङ घाइते भएका छन् । उनको चितवन मेडिकल कलेज चुरेहिल अस्पताल हेटौँडामा उपचारका भइरहेको छ ।
ग्यास बुलेट चालक भारतको विहार राज्य पटियार थाना सदियान सुदमीका ३७ वर्षीय मनिन्द्र कुमार दासलाई नियन्त्रण लिइएको प्रवक्ता भण्डारीले बताए । घटनाबारे थप अनुसन्धान गरिरहेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण