परीक्षा प्रणाली र पाठ्यक्रम परिवर्तन गर्नुपर्छ : मुख्यमन्त्री जम्कट्टेल
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले वर्तमान शिक्षा नीति, परीक्षा प्रणाली र पाठ्यक्रम परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । शिक्षा नीति, पाठ्यक्रम र परीक्षा प्रणाली ठिक नहुँदा बारम्बार समस्या हुने गरेको र प्रश्न उठ्ने गरेको उनले बताए ।
शुक्रबार बागमती विश्वविद्यालयको मनोनीत सदस्यहरूलाई पत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षा नीति परिवर्तन गरी व्यवहारिक र व्यावसायिकता तर्फ केन्द्रित हुनुपर्ने बताए । प्राविधिक शिक्षाको पाठ्यक्रम निर्माण गर्ने र परीक्षा प्रणाली मेरिट मोडलमा लैजानुपर्ने उनको भनाई छ । मुख्यमन्त्री जम्कट्टेलले शिक्षा प्रणाली समय सामयिक नहुँदा शैक्षिक बेरोजगारी बढ्दो क्रममा रहेको बताए ।
‘शिक्षामा आमूल परिवर्तन नभएसम्म मुलुक बन्न सक्दैन । त्यसैले प्रदेश सरकारले शिक्षा प्रणालीमा परिवर्तनको लागि काम गर्ने तयारी अगाडि बढाएको छ,’ उनले भने, ‘शिक्षा नीतिका कारण विद्यार्थीहरू पढ्नको निम्ति विदेश नै जानुपर्ने, हातमा प्रमाणपत्र भएपनी भौँतारिनुपर्ने बाध्यता देखिएको छ । प्रदेश सरकारले स्थापना गर्ने विश्वविद्यालय पूर्ण प्राविधिकधारको हुन्छ । प्रदेश सरकारको एक अधिकार क्षेत्रमा रहेको उच्च शिक्षालाई व्यवहारिक र व्यावसायिक बनाउन नीतिगत रूपमा परिमार्जन गर्ने तयारी अघि बढाएको छ ।’
उनले प्रदेशको सार्वजनिक विश्व विद्यालय स्थापनालाई तीव्रता दिएको बताए । उनले विश्वविद्यालयमा स्वतन्त्रपूर्वक काम गर्न सक्ने र राजनीतिक हस्तक्षेप नहुने स्पष्ट पारे ।
विश्व विद्यालयको बोर्ड अफ ट्रष्टीमा ६ सदस्य मनोनीत

कार्यक्रममा बागमती विश्वविद्यालय संरक्षक (बोर्ड अफ ट्रष्टी) मा मनोनीत ६ जना सदस्य प्रदेश सरकारले मनोनयन पत्र समेत हस्तान्तरण गरिएको थियो । मुख्यमन्त्री जम्कट्टेलले एक पदेन सदस्यसहित ५ जना सदस्यहरूलाई मनोनयन पत्र प्रदान गरेका हुन् ।
मुख्यमन्त्री जम्कट्टेलले बोर्ड अफ ट्रष्टीका सदस्यहरू डा. चन्द्रमणि पौडेल, कृष्ण कटुवाल, नुरगामी ढुङ्गेल, किरण चन्द्र दाहाल र बच्चुराम अधिकारीलाई मनोनयन पत्र प्रदान गरेका हुन् । समितिमा सामाजिक विकास मन्त्रालयका सचिव पदेन सदस्य रहने व्यवस्था अनुसार राजन पौडेललाई मनोनयन पत्र प्रदान गरेको हो । समितिमा ११ जना सदस्य रहने व्यवस्था रहेको छ । अन्य सदस्यहरू क्रमशः थप गर्ने मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको सङ्घारमा अमेरिका र इरानबिच खेलकुदमा पनि तनाव : टोलीका मुख्य प्रशासनिक अधिकारीहरूलाई भिसा दिन अस्वीकार
-
रास्वपा गुल्मी सभापतिमा हरि श्रेष्ठ निर्वाचित
-
खाडी मुलुकहरूको पुनर्निर्माणमा इरानी सम्पत्ति प्रयोग गर्न दिने अमेरिकी योजना
-
नेपालगञ्ज र धनगढीको तापक्रम ४० डिग्री पुग्ने, काठमाडौँसहित यी सहरमा वर्षा
-
अमेरिकी सेनाले स्ट्रेट अफ होर्मुजमा २ इरानी ड्रोन खसाल्यो
-
चोटका कारण कोहली अफगानिस्तानविरुद्धको एकदिवसीय शृङ्खलाबाट बाहिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण