जनमुक्ति मार्ग र ताल्ढुंगा खोपासी सडक बनाउने मुख्यमन्त्री जम्कट्टेलको प्रतिबद्धता
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शुक्रबार दिउँसाे काभ्रेमा २ घण्टामा ३ कार्यक्रम सहभागि भएका थिए । शुक्रबार नै हेटौंडामा बागमती विश्वविद्यालयका बोर्ड अफ ट्रष्टीका सदस्यहरूलाई मनोनयन पत्र बुझाउन भ्याएका उनी काभ्रेका विभिन्न स्थानमा भएको ३ वटा कार्यक्रममा सहभागी भएका हुन् ।
काभ्रेको दक्षिण भागमा अवस्थित खानीखोला गाउँपालिकामा उनले शुक्रबार आयोजित सडक निर्माण शिलान्यास, प्रशासनिक भवन शिलान्यास र एक कृषि उपज बिक्री केन्द्रको उद्घाटन कार्यक्रममा सहभागी भएका थिए । मुख्यमन्त्री जम्कट्टेलले जनमुक्ति मार्गको ताल्ढुंगा सिक्रे दोभान झुरझुरे सडक खण्डको शिलान्यास गरे भने खानीखोला गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास गरे । मुख्यमन्त्री जम्कट्टेलले खानी खोलामा स्थानी उत्पादन खरिद बिक्री केन्द्रको उद्घाटन गरेका थिए ।
कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकार विकासको नेतृत्व गर्ने बताए । उनले सङ्घीय सरकारले कानुन निर्माण गर्ने मात्रै काम गर्ने भएकाले प्रदेशले विकासको नेतृत्व गर्ने बताए । प्रदेश सरकारले विकासको मूल नेतृत्व गर्ने भएकाले सङ्घीयतामा प्रदेशको विशिष्टखालको महत्त्व रहेको उनले बताए ।
जनमुक्ति मार्ग र ताल्ढुंगा खोपासी सडक बनाउने प्रतिबद्धता
मुख्यमन्त्री जम्कट्टेलले जनमुक्ति मार्ग र ताल्ढुंगा खोपासी सडक प्रदेश सरकारले बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले १० वर्षे जनयुद्धको क्रममा जनमुक्ति सेनाको इतिहाससँग जोडिएकाले सो मार्ग प्रदेश सरकारे निर्माण गर्ने बताए ।
प्रदेश सरकारले उक्त मार्ग निर्माण पूरा गर्ने उनले बताए । पहाडी जिल्ला काभ्रेको विकास र इतिहास कायम राख्न उक्त मार्गले टेवा पुग्ने उनले बताए । जनमुक्ति सेनाको आधार क्षेत्रसँग जोडिएको मार्ग भएकाले यो मार्ग निर्माण कार्यले जनमुक्ति सेना र माओवादी क्रान्तिको सम्मान हुने उनको भनाई छ ।
मुख्यमन्त्री जम्कट्टेलले ताल्ढुंगा खोपासी सडक प्रदेश सरकारले निर्माण गर्ने बताए । सङ्घीय सरकारले बनाउने अपेक्षा गरेपनि सो सडक प्राथमिकतामा नपरेको उनले टिप्पणी गरे । आगामी बजेटमा रकम विनियोजन गरेर प्रदेश सरकारले नै सो सडक निर्माण गर्ने उनको भनाई थियो ।
उनका अनुसार उक्त सडकका लागि प्रदेश सरकारले ९९ करोड रुपैयाँ बजेट राखेर समपूरक अनुदानका लागि सङ्घीय सरकार समक्ष सिफारिस गरेको थियो । तर, संघले त्यसलाई बजेटमा समावेश नगरेको उनले बताए । खानीखोलाको विकासका लागि खोपासी ताल्ढुंगा सडक बन्न जरुरी रहेको उनले औँल्याए ।
मुख्यमन्त्री जम्कट्टेलले खानीखोला करिडोर निर्माणमा प्रदेश सरकारको पूर्ण साथ रहने विश्व व्यक्त गरे । खानीखोला करिडोरका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षमा बजेट समावेश गर्ने उनले बताए । उनले ताल्ढुंगालाई प्रदेशको उदीयमान सहरको रूपमा विकास गर्ने बताए । प्रदेश सरकारले ग्रामीण क्षेत्रलाई सहरको रूपमा विकास गर्ने प्रयत्न गरिरहेकाले साही अनुसार कार्यक्रम अघि बढाउने मुख्यमन्त्री जम्कट्टेलले बताए । स्थानीय उत्पादनमा जोड दिन समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गर्ने प्रदेश सरकारको रणनीति रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण