भारत भ्रमणअघि राष्ट्रपति र प्रधानमन्त्री बिच भेटवार्ता
शनिबार, २६ जेठ २०८१, १८ : २३
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेटवार्ता गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा शनिबार भएको सो भेटमा प्रधानमन्त्री दाहालले आफ्नो आसन्न भारत भ्रमणबारे जानकारी गराएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । भेटमा अन्य समसामयिक विषयमा पनि कुरा भएको जनाइएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड भोलि भारतको नयाँ दिल्ली जाँदैछन् । मोदीले प्रधानमन्त्रीको रूपमा लिन लागेको शपथग्रहण समारोहमा सहभागी हुन प्रचण्डले भारतको औपचारिक भ्रमण गर्न लागेको मन्त्रालयले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण