सुदूरपश्चिम सरकारलाई पूर्णता दिने तयारी
धनगढी । सुदूरपश्चिम सरकारलाई पूर्णता दिने तयारी गरिएको छ । हाल सरकारमा सहभागी नभएको सत्तारुढ दल नेकपा एमाले र माओवादी केन्द्रलाई सहभागी गराउँदै मन्त्रीमण्डल विस्तारको तयारी गरिएको हो ।
एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका उपनेता प्रकाश रावलले आज नै मन्त्री मण्डल पूर्णता दिने गरी छलफल अगाडि बढेको जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतबाट फर्के लगत्तै आज अन्तिम टुङ्गो लागे पनि उपनेता रावलको भनाई छ ।
उनका अनुसार एमाले र माओवादीबाट मन्त्री हुनेको नाम पनि टुङ्गो लागिसकेको छ । माओवादीबाट अक्कल रावल, ओमविक्रम भाट, र लक्ष्मी विकको नाम सिफारिस गरिएको हो ।
त्यस्तै एमालेबाट सुरेन्द्र पाल, वीरबहादुर थापा र हिरा सार्कीको नाम सिफारिस गरिएको उपनेता रावलले बताए । तर अर्थ मन्त्रालयमा माओवादी र एमाले दुवैले दाबी गरेपछि कुरो मिल्न नसकेको उनको भनाइ छ ।
मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भागबन्डा पुर्याउन मन्त्रालय फुटाएर भए पनि मन्त्रीमण्डल विस्तारको तयारीमा लागेका छन् । मुख्यमन्त्री कार्यालय स्रोतकाअनुसार भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालय फुटाएर तीन वटा नयाँ मन्त्रालय बनाउने तयारी गरिएको छ ।
यहाँको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई फुटाएर सहरी, ऊर्जा खानेपानी तथा सिँचाइ मन्त्रालय बनाउने, सामाजिक विकास फुटाएर शिक्षा युवा तथा खेलकुद मन्त्रालय र स्वास्थ्य मन्त्रालय तथा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाएर वन, वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय र उद्योग, पर्यटन मन्त्रालय बनाउने तयारी गरेको छ ।
त्यसका लागि मन्त्रिपरिषद्को बैठक बसेर सुदूरपश्चिम प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४ लाई संशोधन गर्ने गरी मस्यौदा बनेको स्रोतको दाबी छ ।
मन्त्रालय फुटाउने तयारीमा भौतिक मन्त्रीको विमति
मुख्यमन्त्री सोडारीले मन्त्रालय फुटाएर मन्त्रीमण्डल विस्तारको तयारी गरिरहँदा सत्तारुढ घटक नागरिक उन्मुक्ति पार्टीले भने विमति जनाएको छ । सरकारलाई भार पर्ने गरी नयाँ मन्त्रालय थप्ने कार्य उचित नरहेको भन्दै विमति जनाएको हो ।

नाउपाबाट भौतिक पूर्वाधार विकास मन्त्री बनेका कैलाश चौधरीले भागबन्डा पुग्दा पुग्दै थप मन्त्रालय बनाउनु आर्थिक भार थप्नु मात्रै रहेकोले त्यस्तो नगर्न मुख्यमन्त्रीलाई आग्रह गरेको बताए ।
मन्त्री चौधरीले मन्त्रालय फुटाउने विषयमा मुख्यमन्त्री सोडारीले आफूसँग औपचारिक छलफल समेत नगरेको बताएका छन् । आफूले यस विषयमा आफ्नो पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँग पनि छलफल गरेको बताएका छन् । उनले अध्यक्ष श्रेष्ठको आवश्यक निर्णयको पर्खाइमा रहेको बताउँदै आफ्नो मन्त्रालय फुटाए सरकारबाट बाहिरिने संकेत समेत गरे ।
सुदूरपश्चिम सरकारमा भौतिक पूर्वाधार विकास मन्त्रीमा कैलाश चौधरी र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा टीका थापा रहेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा
-
मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल भोलिदेखि सुरु हुने
-
ए स्टार नेपाल बास्केटबल लिग २०२६ को सेमिफाइनल समीकरण पूरा
-
एकअर्कालाई 'धन्यवाद' र 'सरी' भन्दै सकियो रास्वपाको बैठक
-
विज्ञापन प्रतिबन्धले निजी मिडिया संकटमा, नीति पुनर्विचार गर्न सरकारसँग आग्रह
-
उदयपुर बस दुर्घटना : घाइते ३० मध्ये २३ जना डिस्चार्ज, ७ जनाको उपचार हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण