सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा युवक पक्राउ
सोमबार, २८ जेठ २०८१, १३ : ०३
कास्की । नेपाली सेनामा भर्ती गराइदिन्छु भन्दै ठगी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । सो अभियोगमा पोखरा महानगरपालिका–५ पर्स्याङ बस्ने २७ वर्षीय धर्मराज थापालाई प्रहरीले पक्राउ गरेको हो ।
उनले बागलुङ घर भएका १९ वर्षीय युवकलाई नेपाली सेनामा भर्ती गराइदिन्छु भन्दै उनले नगद १ लाख ७० हजार रुपैयाँ ठगी गरेको प्रहरीको आरोप छ ।
थापाले आफूलाई पोखरामा रहेको आर्मी फिटनेस सेन्टरको सञ्चालक भएको बताउँदै नेपाली सेनाको माथिल्लो तहका हाकिमलाई चिनेको भनी ठगी गरेका थिए ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले थापालाई पोखरा महानगरपालिका–५ जिरोबाट पक्राउ गरेको हो । उनलाई ठगी,आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण