भारतमा बेच्न लैजाँदै गरेको अवस्थामा ललितपुरबाट किशोरीको उद्धार, दुई जना पक्राउ
सोमबार, २८ जेठ २०८१, १६ : ०३
१
काठमाडौँ । भारतमा बेच्न लैजाँदै गरेको अवस्थामा प्रहरीले १४ वर्षीय किशोरीलाई प्रहरीले ललितपुरबाट उद्धार गरेको छ । किशोरीलाई उद्धार गरेर बेचबिखनमा लैजान खोज्ने दुई जनालाई पक्राउ गरिएको मानव बेचबिखन अनुसन्धान ब्युरोका सूचना अधिकारी (एसपी) ज्ञानेन्द्र फुयाँलले जानकारी दिए ।
पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ घर भएका ३९ वर्षीय सम्बरबहादुर तामाङ र नुवाकोट तादी गाउँपालिका–२ घर भएकी ३३ वर्षीय इन्दिरा कटुवा तामाङ छन् । यसअघि पनि बेचबिखन मुद्दामा जेल परेका सम्बरबहादुर २०८० वैशाखमा मात्र थुनामुक्त भएका थिए । उनी १० वर्ष जेल बसेर छुटेका हुन् ।
जेलबाट छुट्नासाथ उनले पुरानै अपराध कर्म सुरु गरेको भेटिएको ब्युरोका एसएसपी ओमबहादुर रानाले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण