बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा स्वतन्त्र सांसद जोशीद्वारा मन्त्री पद अस्वीकार

सोमबार, २८ जेठ २०८१, १७ : ५५
सोमबार, २८ जेठ २०८१

धनगढी । सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद डा‍ तारा जोशीले मन्त्री पद अस्वीकार गरेका छन् । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले उनलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको जिम्मेवारी दिन तयारी गरेका थिए । तर उनले मन्त्री पद अस्वीकार गरेका छन् ।

मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिएका सांसद जोशीले आफूलाई यहाँको मन्त्री पदले आकर्षण नगरेको भन्दै मन्त्री पदको शपथ नलिएको रातोपाटीलाई प्रतिक्रिया दिए ।

मुख्यमन्त्री सोडारीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय आफैँसँग राखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप