१० महिनाको वैदेशिक रोजगारी : मलेसिया जाने ह्वात्तै घटे, यूएई जाने बढे
काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा तीन लाख ७४ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्ममा तीन लाख ७४ हजार २७९ नेपालीले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका हुन् ।
पहिलो पटक श्रम स्वीकृति लिएर विभिन्न २० देशमा नेपाली श्रमिक गएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । त्यस्तै सोही अवधिमा दुई लाख ३७ हजार ८९३ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । त्यसरी पुनः श्रम स्वीकृति लिने समेत विभिन्न २० देशकै लागि रहेका छन् ।
त्यसरी वैदेशिक रोजगारीमा जानेमा सबैभन्दा बढी यूएईमा रहेका छन् । जहाँ पछिल्लो १० महिनामा १२८.२ प्रतिशतले बढेको देखिन्छ । भने मलेसियामा ६२.४ प्रतिशतले घटेको देखिन्छ ।
चालु आर्थिक वर्षको १० महिनामा एक लाख २ हजार ८४४ नेपाली वैदेशिक रोजगारीका लागि यूएई गएका छन् । त्यस्तै मलेसियामा ७४ हजार ७०७ जना वैदेशिक रोजगारीमा गएका छन् । त्यस्तै साउदी अरेबियामा ५८ हजार २५८, कतारमा ३४ हजार २०२, कुवेतमा २४ हजार ४८८, साउथ कोरियामा १० हजार ९८८, रोमानियामा ८,९१९, जापानमा आठ हजार ७२०, माल्दिभ्समा चार हजार ८३१, साईप्रसमा चार हजार ४११, माल्टामा चार हजार ३७१, बहराइनमा तीन हजार ८०७, ओमानमा दुई हजार ३९८, पोल्याण्डमा एक हजार ५५५, जोर्डन एक हजार ५८ जना नेपाली वैदेशिक रोजगारीका लागि गएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
त्यस्तै इजरायल १०३, टर्की ९० जना, अफगानिस्तान २७, लेबनान १३ र अन्य विभिन्न मुलुकमा २८ हजार ६४२ जना नेपालीले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि गएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकार र आयोजकबिच टकरावः कमजोरी क–कसको ?
-
फुटसलमा ४८ टोली, विश्वकपकै शैलीमा प्रतिस्पर्धा
-
एच–१बी भिसामा ट्रम्पले लगाएको १ लाख डलर शुल्क खारेज
-
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न
-
प्रतिष्ठान र गुम्बा विकास समिति खारेजीको निर्णयप्रति महासंघको आपत्ति
-
उखु किसानका पीडा: खेती गर्न मलकाे अभाव, उत्पादन बिक्री उधारोमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण