युवतीको अश्लिल भिडियो बनाएको आरोपमा दुई पक्राउ
सोमबार, २८ जेठ २०८१, २१ : ३३

कैलाली । धनगढीमा युवतीको अश्लिल भिडियो बनाएको आरोपमा मोबाइल ग्यालरीका सञ्चालकसहित दुई जनालाई आज पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा धनगढीस्थित त्रिनगर सपिङ कम्प्लेक्समा रहेको आशिष मोबाइल ग्यालरीका सञ्चालक धनगढी–१ का शल्ताज आलम र उनको पसलमा काम गर्ने १३ वर्षीय बालक रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कविन्द्रबहादुर बोहराले जानकारी दिए ।
मोबाइल पसलमा मर्मत गर्न दिएको मोबाइलमा मोबाइल धनीको बहिनीको मुखाकृति जोडी अश्लिल भिडियो, फोटो बनाइ मोबाइल धनीको फेसबुक म्यासेन्जरमा पठाएको तथा मोबाइल धनीको फेसबुक आइडी आफैँले चलाइ विभिन्न अश्लिल साइट सर्च गरेको भेटिइएपछि उनीहरुलाई पक्राउ गरिएको बोहराले बताए ।
पीडित युवतीले दिएको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलनको प्रभाव : विद्यार्थीहरु निजीमा भर्ना हुन थालेपछि रोक्नलाई पाठ्यपुस्तक वितरण
-
१२ बजे, १२ समाचार : रघु जी पन्त शिक्षामन्त्री नियुक्तदेखि सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिनेसम्म
-
विशेष बुलेटिन जारी : तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना
-
‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक
-
काश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने
-
सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने