सोमबार चार मापन केन्द्रमा तापक्रम ४० डिग्रीमाथि
काठमाडौँ । पछिल्लो केही दिनदखि तापक्रम बढिरहेकोमा आज कतिपय स्थानहरुमा तापक्रम ४० डिग्री आसपास पुगेको मापन गरिएको छ । चार वटा मापन केन्द्रमा भने तापक्रम ४० डिग्रीमाथि मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले सोमबार साँझ सार्वजनिक गरेको २० वटा तापक्रम मापन केन्द्रको तथ्याङ्कअनुसार आज सबैभन्दा बढी धनगढीमा ४४ डिग्री पुगेको छ । त्यसपछि नेपालगञ्जमा ४३ दशमलव छ, दीपायलमा ४० दशमलव सात र वीरेन्द्रनगरमा ४० दशमलव नौ डिग्री अधिकृतम तापक्रम मापन गरिएको छ ।
यस्तै दाङको घोराहीमा ३९ दशमलव छ, भैरहवामा ३९ दशमलव आठ, सिमरामा ३७ दशमलव पाँच र जनकपुरमा ३७ डिग्री तापक्रम पुगेको छ । आज काठमाडौँमा ३४ दशमलव चार डिग्री तापक्रम मापन गरिएको छ । काठमाडौँमा ३४ दशमलव चार पुगेको यो वर्ष दोस्रो पटक हो ।
केहीअघि नेपालगञ्जमा ४४ दशमलव दुई डिग्री मापन भइ यो वर्षकै तापक्रमले रेकर्ड ब्रेक गरेको थियो । त्यसपछि वर्षा हुँदा विस्तारै तापक्रम घटिरहेकोमा यही जेठ २६ गतेदेखि तापक्रममा बढोत्तरी आएको थियो ।
तोकिएको मितिभन्दा तीन दिन अघि आज पूर्वी नेपालबाट मनसुन भित्रिए पनि आज धेरैजसो क्षेत्रमा बढी गर्मी महसुस गरिएको छ । महाशाखाका मौसमविद् गोविन्द झाले अझै पनि एक/दुई दिनमध्ये र पश्चिम क्षेत्रमा तापक्रम बढी नै रहने जानकारी दिए । पूर्वबाट मनसुन भित्रिए पनि तराई तथा पश्चिम क्षेत्रमा तत्काल वर्षाको प्रणाली नरहेको उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण