अब आइफोनमा पनि च्याटजीपीटी

क्यालिफोर्निया । पछिल्लो समय सारा प्रविधि कम्पनीहरू कृत्रिम बौद्धिकता (एआई)को दौडमा छन् । एआईको दौडमा पछाडि रहेको आइफोन निर्माता कम्पनी एप्पलले आइफोनमा च्याटजीपीटी ल्याएको छ । कम्पनीले सीरी भ्वाइस असिस्टेन्ट र अपरेटिङ सिष्टममा अपडेट गरी ओपनएआईको च्याटजीपीटी चलाउन मिल्ने बनाएको छ । सोमबार कम्पनीको वार्षिक डेभलपर शोमा एप्पलले सीरीको मेकओभरको साथै कयौँ नयाँ फिचर पनि घोषणा गरेको थियो ।
यो सबै पर्सनलाइज्ड एआई सिष्टम ‘एप्पल इन्टेलिजेन्स’को हिस्सा भएको बताइएको छ । कम्पनीले एप्पलका उपकरणहरूलाई प्रयोगकर्ताहरूले झनै सजिलोसँग चलाउन सकुन् भनेर यो पहल गरेको हो । आइफोन र म्याक अपरेटिङ सिष्टममा अपडेटपछि च्याटजीपीटीमा पहुँच मिल्नेछ । टेक्ष्ट, कन्टेन्ट जेनरेशनलगायत अन्य टूलका क्षमता बढाउन पनि च्याटजीपीटीको प्रयोग गर्न सकिनेछ ।
यो पहलले कम्पनीका प्रडक्टहरूलाई नयाँ उचाइमा ल्याउने एप्पलका प्रमुख कार्यकारी अधिकारी टिम कूकले सोमबार क्यालिफोर्नियामा कम्पनीको मुख्यालयमा वल्र्डवाइड डेभलपर्स कन्फ्रेन्सको उद्घाटन गर्ने क्रममा भनेका थिए । कम्पनीको पछिल्लो पहलबाट सबै भने खुसी छैनन् । टेस्ला र एक्सका मालिक एलन मस्कले डेटा सुरक्षाको कारण देखाउँदै आफ्नो कम्पनीमा आइफोनमाथि बन्देज लगाउने चेतावनी दिएका छन् ।
ओपनएआईलाई एक पटक डेटा दिएपछि के हुन्छ भन्ने कुरा वास्तवमा एप्पललाई भन्को नभएको मस्कको भनाई छ । प्रतिस्पर्धी कम्पनीहरूले धमाधम एआईलाई अपनाइरहँदा एप्पलमाथि पनि आफ्ना उत्पादनमा एआई फिचरहरू ल्याउन दबाब बढिरहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति तथा कार्यक्रम जनअपेक्षाअनुकूल छैन ः प्रचण्ड
-
केबल चोरी हुँदा स्पेनमा हाई–स्पिड रेल सेवा प्रभावित
-
नवाजुद्दीन सिद्धिकीले किन भने बलिउडलाई चोर ?
-
नीति तथा कार्यक्रमलाई कर्मकाण्डी बनाइयो : प्रचण्ड
-
प्रदर्शनीमार्गमा राजनीतिक लगायतका प्रदर्शन रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश
-
चलचित्र विकास बोर्डको एकसाथ ४ कार्यक्रम सञ्चालन