चीन र पाकिस्तानसँगको सम्बन्धबारे एस जयशंकरले के भने ?
नयाँ दिल्ली । एस जयशंकरले दोस्रो पटक पनि भारतको विदेश मन्त्रालयको जिम्मेवारी पाएका छन् । पदभार ग्रहणपछि उनले पाकिस्तान र चीनसँगको सम्बन्धलाई लिएर प्रतिक्रिया दिएका छन् । ‘कुनै पनि देशमा, विशेष गरी लोकतन्त्रमा कुनै पनि सरकार लगातार तीन पटक चुनिन्छ भने यसले दुनियाँलाई भारतमा राजनीतिक स्थिरता छ भन्ने सन्देश दिन्छ । भारतका जनताले आफ्ना प्रधानमन्त्रीलाई विश्वास गर्छन् ।’ जयशंकरले समाचार एजेन्सी एएनआईलाई भने ।
‘हामी विश्वसामु आफ्नो हितलाई पक्कै पनि अगाडि राख्नेछौँ ।’ उनले भनेका छन् । ‘चीन र पाकिस्तान फरक देश हुन्, सम्बन्ध पनि फरक छ, समस्या पनि फरक छ ।’ एस जयशंकरले भनेका छन् । चीनसँग सिमानामा केही समस्याहरू बाँकी रहेको र यसको समाधान गर्ने प्रयास गर्ने उनले बताए ।
पाकिस्तानसँग सीमापार आतङ्कवादको मुद्दा वर्षौँदेखि चलिरहेको भन्दै उनले यसलाई कसरी समाधान गर्न सकिन्छ त्यसबारे सोच्ने बताए । आइतबार जयशंकरले दोस्रो पटक क्याबिनेट मन्त्रीको रूपमा शपथ लिएका थिए । सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मन्त्रिपरिषद्मा विभाग बाँडफाँड गरेका छन् । यस क्रममा उनले जय शंकरलाई पुनः विदेशमन्त्रीको जिम्मेवारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाडी चालक रामबहादुरको शव कर्णाली नदी टापुमा भेटियो
-
बढ्यो प्रचण्डको सक्रियता, माधवपछि ओलीलाई भेटेर प्रदेशबारे निर्णयमा पुग्ने
-
विराटनगर आइपुग्याे रेल कार्गो, तस्बिरहरू
-
तीतो करेलाखेतीमा उज्यालो भविष्य खोज्दै महिलाहरू
-
मार्को रुबियो चीन र रुससँग भेट्न तयार
-
मधेस प्रदेशमा सवारी दुर्घटना बढे पनि मृत्युदर घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण