हटेन क्याप्टेन विजय लामामाथिको उडान प्रतिबन्ध
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले क्याप्टेन विजय लामामाथिको उडान प्रतिबन्ध जारी राखेको छ । गत जुन ३ तारिखमा एक सूचना जारी गर्दै नागरिक उड्डयन प्राधिकरणले क्याप्टेन लामासहित नेपाल वायु सेवा निगमका अर्का पाइलट भावना पन्तलाई अनिश्चितकालका लागि उडानमा प्रतिबन्ध लगाएको थियो ।
वायु सेवा निगमको वाइड बडी ३३० का पाइलट लामा र न्यारोबडी ३२० का पाइलट पन्तले नागरिक उड्डयन सुरक्षा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका बारेमा गलत र भ्रामक अभिव्यक्ति दिएको भन्दै प्राधिकरणले दुई पाइलटका बारेमा अध्ययन गर्ने बताउँदै निलम्बन गरेको थियो ।
लामाले केही समयअघि नेपाली हवाई उडान र त्रिभुवन विमानस्थलको बारेमा एक वार्तामा गलत धारणा राखेको बताइएको छ । यता नेपाल वायु सेवा निगमका प्रवक्ता रमेश पौडेलले प्राधिकरणले लगाएको उडान प्रतिबन्धबाट पाइलट भावना पन्तको प्रतिबन्ध फुकुवा भइसकेको तर लामाको अझै जारी रहेकाे जानकारी दिए ।
यता प्राधिकरणले पनि क्याप्टेन विजय लामामाथिको अनुसन्धान जारी रहेकाेले उडान प्रतिबन्ध जारी राखिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपीको प्रदर्शनपछि अभिजीत दीपकेले समर्थकहरूसँग मागे माफी
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण