ओखलढुङ्गा मोलुङ–५ का वडाध्यक्ष कार्कीको निधन
बिहीबार, ३१ जेठ २०८१, ०९ : ५१
काठमाडौँ । ओखलढुङ्गा जिल्ला मोलुङ गाउँपालिका वडानम्बर ५ का वडाध्यक्ष गोपीकृष्ण कार्कीको निधन भएको छ ।
५० वर्षीय वडाध्यक्ष कार्कीको बुधबार बेलुका निधन भएको हो । उनी हड्डीको क्यान्सरबाट पीडित भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेका थिए । कार्कीका श्रीमतीसहित एक छोरा, एक छोरी रहेका छन् ।
गत स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित भएका थिए ।
वडाध्यक्ष कार्कीको निधनको शोकमा मोलुङ गाउँपालिकाले बिहीबार एक दिन गाउँपालिका अन्तर्गतका कार्यालयमा शोक बिदा दिने निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
-
घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज
-
गृहमन्त्री सुधन गुरुङ विराटनगरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण