आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

छापिसकेको थियो सलमानको विवाहको कार्डः अन्तिम अवस्थामा नायिकाले गरेकी थिइन् अस्विकार

आइतबार, २५ असार २०७४, १३ : २४
आइतबार, २५ असार २०७४

बलिउड नायिका र सलमान खानकी पूर्व प्रेमिका संगीता बिजलानीको आज जन्मदिन हो । संगिताको जन्म सन् १९६५ जुलाई ९ तारिखमा मुम्बईमा भएको थियो । संगीता आज ५२ वर्ष पुगेकी छिन् । उनको जन्मदिनको मौकामा हामी उनका जीवनसँग जोडिएका केही रोचक तथ्यबारे जानकारी दिँदै छौं जसबारे सायद तपाईंलाई थाहा नहोला ।

संगिता बिजलानी सलमानकी पूर्व प्रेमिका हुन् भन्ने खबर सबैलाई थाहा छ तर निकै कमलाई थाहा होला कि दुबैको विवाह हुन लागेको थियो ।

सलमान खानको बायोग्राफी ‘बिइंग सलमान’ का अनुसार सन् १९९४ २७ मे का दिन सलमान खानको जीवन परिवर्तन हुने दिन थियो तर यस्तो हुन सकेन । यस दिनमा सलमानले संगिता बिजलानीसँग विवाह गर्ने तयारी गरिरहेका थिए ।

सलमान खान आफूभन्दा लगभग ६ महिना जेठी संगितालाई प्रेम गर्दथे । दुबैको विवाह हुने तयारीमा थियो । कार्ड पनि छापिएको थियो । विवाहको तयारी धुमधामका साथ चलिरहेका बेला अन्तिम अवस्थामा संगिताले विवाह गर्न अस्विकार गरेकी थिइन् ।

खबरलाई मान्ने हो भने सलमान र संगिताबिच झगडा हुन लागेको थियो । सलमान खान सोमी अलीलाई डेट गर्न थालेका थिए ।

सोमी अली पनि सलमानलाई मन पराउँथिन् र उनीसँग विवाह गर्न चाहन्थिन् । यी सबै कारणले अन्तिम अवस्थामा संगिताले सलमानसँग विवाह नगर्ने निर्णय गरिन् । 

पछि एक अन्तर्वार्तामा संगिताले सलमान उनीसँग विवाह गर्न लायक नभएको बताएकी थिइन् ।

करण जोहरको कार्यक्रम ‘कफी विद करण’ मा सलमान खानले उनलाई उनकी प्रेमिकाले चिटिङ गरिरहेको पक्राउ गरेपछि उनको विवाह हुन नसकेको स्विकार गरेका थिए ।

सलमानसँग छुट्टीएपछि संगिताको भेट पूर्व क्रिकेटर मोहम्मद अजहरुद्दीनसँग भयो र दुबैले एक अर्कालाई डेट गर्न थाले ।

अजहरुद्दीन पहिले नै विवाहित थिए र दुई छोराका बुवा थिए तर संगितासँग विवाह गर्नका लागि उनले आफ्नी जेठी श्रीमतीसँग सम्बन्धविच्छेद गरे र सन् १९९६ मा संगितासँग विवाह गरे ।

दुबैको विवाह लामो समयसम्म चल्न सकेन र सन् २०१० मा दुबैको सम्बन्धविच्छेद भयो ।

स्मरण रहोस्, संगिता बिजलानी र सोमी अलिका साथै सलमान खानको अभिनेत्री ऐश्वर्या राय र कट्रिना कैफसँग पनि प्रेम सम्बन्ध रह्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप