अपडेट : ढिस्कोले पुरिएकी बेपत्ता महिलाको शव फेला
मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोतीमा नाला निर्माणका क्रममा माटोको ढिस्कोले पुरिएर बेपत्ता भएकी महिलाको शव फेला परेको छ ।
आज साँझ कावासोती नगरपालिका–२ स्थित फलफूल चोकदेखि पूर्वतर्फ ढल निकासका लागि खनेको खाल्डोमा काम गर्दै गरेका तीन जना महिला मजदुर पुरिएकामा दुई जनाको यसअघि नै मृत्यु भएको थियो । एक जना महिला बेपत्ता भएकी थिइन् ।
बेपत्ता भएकी कावासोती नगरपालिका–५ बस्ने ३२ वर्षीया चमेली दर्लामीको माटोले पुरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए ।
माटोले पुरिएर कावासोती नगरपालिका– ५ की लक्ष्मीनगर बस्ने ५१ वर्षीया सेती राना र २६ वर्षीया तानमाया गाहाको मृत्यु भएको थियो । चमेली दर्लामीकोसमेत शव भेटिएसँगै ढिस्कोले पुरिएका तीनैजनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
ढल निकासीको ह्युमपाइप राख्न निर्माणाधीन नालामा काम गर्ने क्रममा माटोको ढिस्को खस्दा तीन जना मजदुर महिला पुरिएका थिए । पुरिएकामध्ये दुई जनाको उद्धार गरी उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण