बागमती प्रदेशसभा बैठक बस्दै, आर्थिक सर्वेक्षण पेस हुने
मकवानपुर । बागमती प्रदेशसभा बैठक बस्दैछ । शुक्रबार दिउँसो ३ बजे प्रदेशसभाको बैठक बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।
उक्त बैठकमा प्रदेश सरकारको आर्थिक सर्वेक्षण पेस हुने कार्यसूची रहेको प्रदेशसभाका प्रवक्ता मनोज कुमार गुप्ताले बताए । उनका अनुसार प्रदेशसभा बैठक बस्नु अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने तय भएको छ । दिउँसो १ बजेका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक आह्वान भएको उनले बताए ।
उक्त बैठकले प्रदेश सरकारको बजेट संसदमा पेस गर्ने, बजेट माथि संशोधन तथा छलफल गर्ने कार्यसूची तयार पार्ने उनले बताए । प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट असार १ गते संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ । बजेट प्रस्तुत गर्न प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले १ गते दिउँसो ४ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरेका छन् ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षमा चालु आर्थिक वर्षको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । आर्थिक मन्दीका कारण राजस्व उठ्न नसकेको र अनुदान समेत कटौती भएकाले आन्तरिक स्रोतको अधिकतम प्रयोग गरी बजेट ल्याउने सरकारको तयारी गरेको छ ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षमा शिक्षा स्वास्थ्य र रोजगारी सृजनामा प्राथमिकताका साथ बजेट विनियोजन गर्ने बताउँदै आएको छ भने प्रदेश सरकारले बजेटलाई विवाद रहित बनाउन प्रति सांसद ३ करोड रुपैयाँको योजना बजेटमा समावेश गर्ने तयारी गरेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ६२ अर्ब रुपैयाँको बजेट ल्याएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण